काभ्रे । जिल्लाको धुलिखेलमा कविता विमर्श तथा कविगोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्राज्ञ प्रतिष्ठान र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको आयोजना तथा सेलो फाउन्डेशनको सह आयोजनामा शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा कवि डा. ताराकान्त पाण्डेले यस सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै पाण्डेले समाज रुपान्तरतरणको लागि कविताले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘कविता हतियार हो, अस्त्र हो, जसरी सेनाले हतियारको प्रयोग गर्छ ।’ उनले भने, ‘समाजमा भएको विकृति माथि प्रहार कविताले गर्छ । जसेले यो समाज रुपान्तरण गर्छ त्यसलाई कविता चाहिन्छ ।’ पाण्डेले कविता प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. अमर गिरीले कविताकोबारेमा चर्चा चरेका थिए ।
कविता अत्यन्तै संकटमा रहेको चर्चा गर्दै उनले कविताको विमर्श गर्न आवश्यक रहेको बताए ।
वर्तमानमा कविताको महत्व अझ बढ्दै गएको चर्चा गर्दै गिरिले पूँजीवादीहरुले कवितालाई पूँजी जम्मा गर्ने साधनको रुपमा प्रयोग गरेको बताए ।
त्यसैगरि कार्यक्रममा कविहरु मोहन दुवाल, असुतोष, सूर्य लकाजु, विवास पन्त, नरेन्द्र नगरकोटी, साजना आचर्य, रामसुन्दर देउजा, राजाराम गौतम लगायतकाले कविता बाचन गरेका थिए ।
कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै एक्कल भाषि कविताहरुलाई मात्र प्राथमिकता दिएकोले सिंगो मुलुकको प्र्रतिनिधित्व गर्न सक्ने खालको कविताहरु हुनुनपर्नेमा जोड दिए ।