काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नमोबुद्ध नगर समिति भित्र कुनै पनि प्रकारको विवाद नरहेको जनाएको छ ।
आज (आइतबार) नेकपाका अध्यक्षद्वय टिपी शर्मा र रत्न लामाले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
यस अघि विभिन्न सञ्चार माध्यमहरुमा नमोबुद्ध नगरपालिकामा सञ्चालित ईटा भट्टाहरुको सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सम्बन्धित नेताहरु, स्थानीय नेताहरु र जनप्रतिनिधिहरुको नाम जोडेर समाचारहरु बाहिर आएकोमो गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘समाचारहरुमा उल्लेख गरिएको जस्तो नेपाल कम्युनिष्ट पार्टी नमोबुद्ध नगरपालिका भित्र उक्त विषयमा कुनै विवादहरु नरहेको व्यहोरा आम पार्टी पंक्ति र जनसमुदायमा जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका नेताहरु तथा जनप्रतिनिधिको चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित कपोलकल्पित र तथ्यहिन समाचारहरु प्रति पार्टीको तर्फबाट घोर आपत्ति जनाउँदै खेद व्यक्त गर्दछौं ।’
विज्ञप्तिमा दुई कम्युनिष्ट पार्टीहरुको ऐतिहासिक एकता र त्यसबाट निर्माण हुने शसक्त संगठनबाट त्रसित भई यो एकतालाई कसरी विथोल्न सकिन्छ र विभाजित गर्न सकिन्छ भनेर विभिन्न विषयहरु उठाई गरिएका षड्यन्त्रहरुको भ्रममा नपर्न र न्याय, समान्ता र समृद्धिका लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध हुन अपिल गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ यस्तो छः
प्रेस विज्ञप्ति
नमोबुद्ध नगरपालिकामा सञ्चालित ईटा भट्टाहरुको सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सम्बन्धित नेताहरु, स्थानीय नेताहरु र जनप्रतिनिधिहरुको नाम जोडेर काभ्रे जिल्लाबाट प्रकाशित तपाईं हाम्रो साप्ताािहक लगायत विभिन्न पत्रपत्रिका, अनलाईन र अन्य सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचारहरुमा उल्लेख गरिएको जस्तो नेपाल कम्युनिष्ट पार्टी नमोबुद्ध नगरपालिका भित्र उक्त विषयमा कुनै विवादहरु नरहेको व्यहोरा आम पार्टी पंक्ति र जनसमुदायमा जानकारी गराउन चाहन्छौं । पार्टीका नेताहरु तथा जनप्रतिनिधिको चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित कपोलकल्पित र तथ्यहिन समाचारहरु प्रति पार्टीको तर्फबाट घोर आपत्ति जनाउँदै खेद व्यक्त गर्दछौं ।
दुई कम्युनिष्ट पार्टीहरुको ऐतिहासिक एकता र त्यसबाट निर्माण हुने शसक्त संगठनबाट त्रसित भई यो एकतालाई कसरी विथोल्न सकिन्छ र विभाजित गर्न सकिन्छ भनेर विभिन्न विषयहरु उठाई गरिएका षड्यन्त्रहरुको भ्रममा नपर्न र न्याय, समान्ता र समृद्धिका लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध हुन अपिल गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।
क. टिपी शर्मा
क. रत्न लामा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नमोबुद्ध
मिति २०७५ साल साउन २० गते

















