दुध लोप्चन

दक्षिण कोरिया नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले “२४ औं विश्व आदिवासी दिवस” भब्य रूपमा सम्पन्न भएको छ । दक्षिण कोरियाको लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख अतिथिमा आइतबार कोरियाको राजधानी सउलमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न आदिवासी जनजातिसँग सम्बन्धित जातीय संस्थाको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियामा सकृय रहेका विभिन्न जातीय तथा क्षेत्रीय संघ–संस्थाहरुको प्रतिनिधि पनि अतिथिको रुपमा उपस्थिती रहेका थिए ।

औपचारिक कार्यक्रममा बोल्दै राजदुत सिंहले मौलिक कला संस्कृति र पहिचानको विषयमा यस्तो खालको कार्यक्रम आयोजनाले खुसीको ब्यक्त गर्दै नेपालको आदिवासी जनजातीको उचित मागलाई आफुले सम्बन्धित ठाउँमा पुर्याउने र आवश्यक पहल गरिदिने प्रतिबद्धता जनाए । साथै सबैजसो उपस्थित अतिथिहरुले वर्तमान संविधानमा जनजातिको अधिकार सम्बन्धि प्रावधान अपुरो रहेको भन्दै संशोधन मार्फत पूरा गराउन सरकारलाई आवश्यक दबाब दिनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष मल्लिका हिराचन थकालीले “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने संस्थाको आधिकारिक नारालाई पूरा गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै त्यसको नेतृत्व गर्न आफू र आफनो संस्था कटिबद्ध रहेको जनाए ।

औपचारिक कार्यक्रम पश्चात्कको संस्कृतिक कार्यक्रममा  तामाङ संघ दक्षिण कोरिया, शेर्पा संघ, तमू धीं दक्षिण कोरिया, थारु कल्याणकारी सभा, भुजेल समाज, छन्त्याल समाज, ह्योल्मो समाज, किरात याक्थुङ चुम्लुङ, किराँत राई ययोख्खा लगायतको संस्थाले अ-आफ्नो मौलिक कला र साँस्कृतिक पहिचान झल्काउने भेषभुषासहितको झाँकी तथा नाँच प्रस्तुत गरिएको थियो ।

प्रत्येक वर्षको ९ अगष्टमा विश्वभरका आदिवासीहरुले विश्व आदिवासी दिवस मनाउँछन् ।

Comments

comments