पाँचखाल । काभ्रे जिल्लाको पाँचखाल नगर प्रमुख महेश खरेलको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आपत्ति जनाएको छ । धुलिखेलमा नेपाली काँग्रेस काभ्रेले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्ने क्रममा नेकपाका कारण नगरमा कर बढाउन बाध्य भएको अभिव्यक्ति प्रति नेकपाले आपत्ति जनाएको हो ।

प्रमुख खरेलले कोणसभालाई सम्बोधन गर्दै आफू अल्पमतमा परेको र बहुमतको दम्भ देखाउँदै नेकपाका बहुमत जनप्रतिनिधिले कर बढाएको अभिव्यक्ति दिएका थिए ।

नगरको सम्पत्ति कर सम्बन्धमा आफूहरुको विमति रहेको जनाउँदै नगर प्रमुख खरेललाई ४ बुँदे अवधारणा पत्र सहित सम्पत्ति कर अबधारणा पत्र समेत बुझाएको छ । विशेष गाउँसभा बोलाएर यसको बारेमा छलफल गर्न नेकपा पाँचखाल नगर समितिले अनुरोध समेत गरेको छ । नेकपाका अध्यक्षद्वय मनिराज गौतम र गंगाप्रसाद अधिकारीले हस्ताक्षर गरेको उक्त अवधारणा पत्र आइृतबार बुझाएको छ ।

लौ हेर्नहोस् अवधारणा पत्र

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।