काभ्रे । जिल्लाको पनौति नगरपालिका वडा नं. ९, नौविसे फाँटको एक घरमा आगोलागी हुँदै लाखौंको क्षति भएको छ ।

आज (सोमबार) विहान ५ बजे दुर्गाप्रसाद हुमागईंको २ तले घरमा आगोलागी हुँदा लाखौंको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रका अनुसार एक्कासी करेन्ट सर्टभई आगोलागेको थियो । अगाोलागीबाट सुनचाँदीको गरगहाना ५ तोला र अन्नपात गरि करिब १० लाख बराबरको क्षति भएको प्रहारीले जानकारी दिएको छ । घट्नामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहारीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।