काभ्रे । जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.वि. मोक्तान र कलाका बिकु थोकरले कलेजो पिडित कर्णबहादुर मोक्तानलाई आर्थिक सहयोग गरेका छन् ।
नमोबुद्व नगरपालिका वडा नं. ५ डाँडागाउँ निबासी कलेजो पीडित वर्ष ३५ को मोक्तानलाई अस्पतलमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मोक्तानले आफ्नो एक महिनाको तलब ३० हजार रुपैयाँ र कलाका थोकरले पनि ३० हजार रुपैयाँ गरि ६० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
कर्णबहादुरको कलेजो प्रत्यारोपण गर्नलाई धेरै रकम आवश्यक परेको हुँदा आर्थिक सहयोगको याचना सबैमा गरेका थिए । तामाङ चलचित्रमा खलनायकको शसक्त भुमिकामा देखा परेका थोकर समाजसेवी पनि हुन् । उनले यस अघि पनि विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।
मोक्तान र थोकरले कलेजो पिडित कर्णलाइ सिभिल हस्पिटलमा पुगि पीडितकै हातमा रकम हस्तान्तरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















