काभ्रे । जिल्लाको साबिक चन्डेनी मण्डन गा. बि. स. वडा नं. ६, हालको मन्डनदेउपुर नगरपालिका–१०, नारीनखर्क (छाप)मा पहिरोले टहरो बगाउँदा एक बालक सहित दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेमबहादुर तामाङको छोरा १८ महिनाका दिपक तामाङ रहेका छन् ।
आज (बुधबार)विहान २ः३० बजेतिर हेम बहादुर तामाङको घर को १ सय मिटर माथिबाट पहिरोले टहरोमा बगाउँदा उक्त घट्ना भएको हो । घट्नामा परि सो टहरोमाब बस्दै आएका हेम बहादुर र निजकी श्रीमती सीता माया तामाङ घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थपलियाले तेमाल अनलाईनलाई जानकारी दिए ।
पहिरोले अरु २ वटा टिनको टहरा पनि बगाएको प्रहरीले जानकारी दिएको छ । घट्ना घटेको १५ मिनेटमा प्रहरी पुगेर घाइतेहरुको उद्दार गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















