काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. १ का ६३ घरधुरी पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।
जेष्ठ २०, २१ र २२ गते निरन्तर परेको अविरल वर्षाका कारण पहिरो जान थालेपछि बस्ती नै जोखिममा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रविराज थपलियाले तेमाल अनलाईनलाई जानकारी दिए ।

अझै पानी परे ४ वटा बस्ती उच्च जोखिममा
सो वडाका अध्यक्ष खिरबहादुर श्रेष्ठका अनुसार थप पानी परेमा ४ बस्ती निक्कै जोखिममा रहेको छ । ‘चार बस्ती चाहिं निक्कै नै जोखिममा छ । अहिले अन्न पुरीसकेको अवस्था होइन ।’ उनले भने, ‘हामीले जनधनको क्षति नहोस भनेर उच्च सतर्कता अप्नाएका छौं ।’
कुन कुन बस्ती जोखिममा ?
तीनसम्म परेको अविरल वर्षाका कारण काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. १, गैरीगाउँ पहिरोका कारण जोखिममा परेको छ । पहिरोको जोखिममा परेपछि सो गाउँको १६ घरधुरी जोखिममा परेको हो । जोखिममा परेका घरहरु सोमबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, हरिब. श्रेष्ठ, नरबहादुर श्रेष्ठ, भद्रबहादुर श्रेष्ठ, कमलबहादुर श्रेष्ठ, ताराबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ, उमेश श्रेष्ठ, सन्तबहादुर नेपाली, मनोज नेपालीका रहेका छन् ।

त्यसैगरि सोही वडाको ढुंगाना टोलमा माथिबाट पहिरो आई जानुका ढुंगाना र देवी प्रसाद ढुंगानाको घर पुरी अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोही वडा स्थित देउराली दलित बस्तीमा पहिरो आई ९ वटा घर जोखिमपूर्ण अवस्थाा रहेकोले सो ठाउँमा बसोबास गर्ने बासिन्दालाई सेतीदेवी माविमा सारिएको छ ।

आलडाँडामा रहेको ८ मा बसेकाहरुलाई पनि सेतीदेवी माविमा सारिएको छ । डिडाँडामा ११ घरधुरी जेखिममा रहेकोले सबै मान्छेहरु सेतीदेवी माविमा सारिएको छ । भेर्लाटोलमा विदुर पराजुली र अन्जु पराजुलीको २ वटा घर क्षेति भएको छ ।
खोलामबारीमा ७ घरधुरी जोखिममा रहेकाले गणेश माविमा सारिएको छ । ताराबहादुर भारतीको घर पहिरो आई ३ वटा बाख्रा मरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।