बेथानचोक । भुकम्पपछिको पुननिमार्णमा सदाचार खानेपानी आयोजना अवलोकन तथा छलफल कार्यक्रम आज बेथानचोक गापा वडा नम्वर ३ मा सम्पन्न भएको छ ।

खानेपानीको पानी ट्याङकीको पुननिमार्ण बारे ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रे र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले संयुक्त रुपमा अवलोकन गरेको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेको सहयोगमा निर्मित पानी ट्याङकी १४ हजार लिटरको रहेको छ ।

ट्याङकी निमार्णको लागि १ लाख ५८ हजार रुपैया र ४० हजार बराबरको पाइप सहयोग भएपनि यसको कुल लागत ३ लाख ५० हजार लागेको वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले तेमाल अनलाईन लाई बताए । यस खानेपानी ट्याङकी बाट ३० देखि ४० घर लाभान्वित हुनेछन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजना कार्यक्रममा बेथानचोक गापा ३ नम्वर वडा अध्यक्ष दिल बहादुर श्रेष्ठ, उपभोक्ता समितिको अध्यक्ष इन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष सलिना श्रेष्ठ, खानेपानी तथा सरसफाई डिभिजनका कार्यालयका प्रतिनिधि शिव प्रसाद अधिकारी, जागरण नेपाल काभ्रेका प्रतिनिधि बलराम कर्माचार्य, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रेका अधिकृत गंगा लामा लगायतको उपस्थिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।