भुम्लु । काभ्रेको भुम्लु गाउँपालिकाका पहिरो पिडितलाई भेट्न प्रादेशिक सांसद लक्ष्मण लम्साल पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

केही दिन अघि देखिको अविरल बर्षाले आफ्नो निर्वाचिन क्षेत्रमा पहिरोले पु¥याएको क्षति र त्यसको अवस्थाकोबारेमा बुझ्न सांसद लाम्साल त्यहाँ पुगेका हुन् । हिउँदमा मात्रै नियमित सवारी साधन संचालन हुने कोशीपारिको भुम्लुगाँउपालिकाको विभिन्न वडाहरुमा सांसद लाम्साल हिडेरै पुगेका छन् ।

सांसद लम्सालको टोलीले काभ्रेको भुम्लु गाँउपालिका १ सापिङमा धेरै घर परिवार पहिरोको उच्च जोखिममा परेको सुनेसँगै सांसद सापिङ जाने योजनामा रहेका थिए । उनीजस्तै चिन्तित थिए गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवर । उनले वडाध्यक्ष हिमाल श्रेष्ठलाई फोन गरेर समस्याको समाधान गर्न कुनै पनि कसर बाँकी नराख्न अनुरोध गरिरहेका थिए ।

जिल्ला रेडक्रस काभ्रेका सभापति रघुवर चौप्रधानलाई आफ्नो निर्वाचन क्षेत्र र गाँउपालिकाको स्थलगत निरिक्षणको लागि भुम्लु जाँउ भन्ने प्रस्तावमा तीनै जना स्थलगत निरिक्षणमा निस्किए ।

 

भौगोलिक, आर्थिक हिसावले काभ्रेको भुम्लु गाँउपालिका विकट रहेको छ । सिन्धुपाल्चोकको चेहेरामा सवारी रोकिपछि उनीहरु पहिरो छिचिल्दै सापिङको विभिन्न बस्तीहरुमा पुगे । सांसद लम्सालसँग उनीहरुले घर खेत दुबै बगाएको भन्दै राहत कसरी पाउन सकिन्छ भनेर खेत र घर जोगाउन ग्याबिन जालीको माग गरे । सांसद लाम्सालले गाँउपालिकाकासँग समन्वय गरेर तत्कालै माग पुरा गराउने बताए ।

अविरल बर्षाका कारण भुम्लु गाँउपालिकाका सबै बडाहरुमा पहिरोको जोखिम बढेसँगै धेरै परिवार विस्थापन भएपछि स्थानीय सेतीदेवि मावि सापिङ रिठ्ठेमा आश्रय लिएर बसेका छन् ।

सांसद लक्ष्मण लम्साल, गाँउपालिकाका अध्यक्ष कुँवर र नेपाल रेडक्रस सोसाईटी काभ्रेका अध्यक्ष चौप्रधानले पहिरोवाट प्रभावितहरुलाई तत्कालन राहत सामग्री पु¥याउने भएको छ ।

यस वडामा १ सय ६८ घरधुरीमा प्रभाव पारेर १३ घरधुरी विस्थापित भएका छन् ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।