संकेतीक तस्बीर

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नं. २ सिम्लेका मानबहादुर राउतको शब फेला परेको छ ।

विगत १२ दिनदेखि बेपत्ता राउतको लास सडेगली हाड र कपाल मात्र फेला परेको जिल्ला प्रहारी कार्यालय काभ्रेले तेमाल अनलाईनलाई जानकारी दिएको छ ।

४७ वर्षिय राउत श्रावण १४ गतेदेखि बेपत्ता रहेका थिए । बेपत्ता हुनेवित्तिकै स्थानीय र प्रहरीले संयुक्त रुपमा उनको खोजीकार्य गरेको थियो ।

आज (शुत्रबार) नै कानुनी प्रक्रिया पूरा गरि राउतको शव सदगतको लागि परिवारलाई बुझाइएको प्रहारीले बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।