संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

काभ्रे । प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले पात्रकारलाई पनि कानून लाग्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, काभ्रेको आयोजनामा भएको महासंघको १९ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त कुरा बताएका हुन् ।

संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

‘भदौ १ गतेबाट नयाँ कानून लागु हुने कुरामा पत्रकारहरुले चिन्ता गरेको पाइएको छ । कतै प्रेस स्वतन्त्रताको विरुद्धमा कानून आउने होइन भन्ने लागेको रहेछ ।’ सांसद तामाङले भने, ‘संविधानले व्यवस्था गरे अनुसारको कानून बन्ने हो, कोही डराउनुपर्दैन ।’ प्रेस स्वतन्त्रताको पक्षमा वर्तमा सरकार दृढरहेको उल्लेख गर्दै तामाङले पत्रकारलाई अहित हुनेखालको कानून नबन्नेमा ढुक्क रहन अनुरोध गरे ।

लौ हेर्नुहोस् भिडियोः

अर्को प्रशंगमा सांसद तामाङले पत्रकार र अदालतलाई छुन नहुने अवस्था मुलुकमा आएको प्रति चिन्ता व्यक्त गर्दै पत्रकार डामेर छोडेको साँढे नभएको बताए । ‘यतिखेर पत्रकार र न्यायलयलाई छुनै नहुने भएको छ ।’ उनले थपे, ‘कानून सबैलाई लाग्छ । पत्रकार डामेर छाडा छोडेको साँढे होइन ।’

संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले फोनिजले गरेका हरेक कार्यक्रम र याजनामा एकाकार भएर अघि बढ्ने प्रत्रिबद्धता व्यक्त गरे ।

त्यसैगरि प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य ग्याम्जो थोकर तामाङले आदिवासीज जनजातिको मुद्दा स्थापित भएपनि पूर्ण अधिकार प्राप्त नभएकोले अझै पनि अधिकारको लडाईंको अन्त्य नभएको बताए । ‘हिजो हामी संघीयता, पहिचान, धर्मनिर्पेक्षता, समानुपातिक समावेशीलाई मिशान बनाएर कलम चलायौं ।’ उनले थपे, ‘अब प्राप्त अधिकारको रक्षा, बाँकी अधिकार प्राप्ति र राष्ट्रिय समृद्धिको लागि कलम चलाउनुपर्छ ।’ जातिवादको विरुद्ध राष्ट्रिय एकताको लागि आदिवासी जनजाति पात्रकारहरुले कलम चलाउनुपर्ने उनले बताए ।

संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

कार्यक्रममा नेपाल तमाङ पत्रकार संघका केन्द्रिय सचिव पेमा लामा, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, प्रेस यूनियनका अध्यक्ष कपिल कोइराला, पूर्व अध्यक्षद्वय दिनेश लामा र उजाड रक्तिम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पूर्व अध्यक्षहरु सम्मानित

नेपाल आदिवासी जनजाति पात्रकार महासंघको पूर्व अध्यक्षहरुलाई महासंघको १९ औं स्थापना दिवसको उपलक्ष्यमा सम्मान गरको छ ।

संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

संस्थागत विकास र आदिवासी जनजाति आन्दोलनमा टेवा पु¥याएको भन्दै पूर्व अध्यक्षहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा संस्थापका अध्यक्ष दिनेश लामा, योगबहादुर घिसिङ र उजाड रक्तिम रहेका छन् ।

संघीय सांसद बमध्वजले भने, ‘कानून पत्रकारलाई पनि लाग्छ’

कार्यक्रम महासंघ काभ्रेका अध्यक्ष शिशिर लामा र सचिव इन्द्र बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।