काभ्रेमा ८ जना जुवाडे पक्राउः जुवाको खलबाट १ लाख बराबद

राजकुमार गोले
काभ्रे÷काभ्रेको बनेपा नगरपालिका–१० जनागलबाट शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलेको गेप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले ८ जना जुवाडेलाई पक्राउ हो ।

८ जना जुवाडे सहित प्रहरीले खलबाट १ लाख रुपैया रकम समेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका–१० जनागलका २७ वर्षिय राजन तामाङ, मण्डन देउपुर नगरपालिका–१० का २३ वर्षिय रबिन्द्र तामाङ, तेमाल गाउँपालिका–५ का ३६ वर्षिय जनक तामाङ, रोशी गाउापालिका–४ का २३ वर्षिय भीमबहादुर तामाङ, मण्डनदेउपुर नगरपालिका–१० का ४० वर्षिय मानबहादुर तामाङ,मण्डनदेउपुर–१० का १७ वर्षिय सुनबहादुर ता माङ, कमलामाइ नगरपालिका–६ का ३८ वर्षिय राजकुमार ठाकुरी र मनहरी गाउँपालिका–९ का मानबहादुर घिमिरे रहेका छन् ।

पक्राउ परेका ८ जनालाई आइतवार म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जनाकारी दिए । उनका अनुसार जुवा एृेन अन्र्तगत कार्बाीही हुने छ ।

Comments

comments