दुध लाेप्चन
दक्षिण कोरिया । काभ्रे सम्पर्क समिती र धादिङ समाज दक्षिण कोरियाद्वारा अायोजना गर्न गइरहेको रिदम लाइभ कन्सर्ट & सांस्कृतिक धमाका–२०१८ कार्यक्रमको अगष्ट २६ तारिख अाइतबार पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम गर्ने भएकाे छ ।
धादिङ र काभ्रे जिल्लाको विकट क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगार्थ कोरियाली महान चाड छुसकको दोस्रो दिन सेप्टेम्बर २४ मा काभ्रे सम्पर्क समिती र धादिङ समाज कोरियाको संयुक्त आयोजनामा हुन लागिरहेको कार्यक्रमको लक्ष्य र उदेश्य प्रष्ट पार्ने कार्यक्रम संयाेजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमिल्सिनाले जानकारी दिए ।
नेपालका चर्चित गायक दिपक बझ्राचार्य र रिदम ब्यान्डको साथै, चर्चित मोडेल तथा डान्सर अञ्जली अधिकारी, उदयमान गायिका पुर्णिमा लामा, चर्चित मोडेल तथा कलाकार रक्षा श्रेष्ठ, चर्चित कमेडियन राजा राजेन्द्र पोखरेल अनि चर्चित दोहोरी गायिका बबिता बानिँया जेरिको साथै स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने छ ।
अायोजकले कोरियामा रहेका सम्पूर्ण पत्रकारहरु र कार्यक्रमको मिडिया पार्टनरहरुलाई नेपाल हाउसमा दिनकाे १२ बजे सम्मेलनमा बिशेष उपस्थितिको लागि आयोजकले सूचना जारी गरेका छन् ।