काभ्रे । जिल्लाको धुलिखेल नपाको धुलिखेल उद्योग वाणिज्य संघको भवनमा भुकम्पपछिको निमार्णमा सदाचार  पुनर्निमार्ण सम्वन्धि नीतिगत विषयमा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजित कार्यक्रमका सभाध्यक्ष ट्रान्सपरेन्सी इन्टरनेशनलका नेपालका उपाध्यक्ष डा.राम दयाल राकेशले देशमा सदाचारको स्थापना होस् भन्नेह् हेतुले ट्रान्सपरेन्सी इनटरनेशनल नेपालको स्थापना भएको र यसको उदेश्य बारे प्रस्ट पारेका थिए । हालसम्म ३४ भुकम्प प्रभावित जिल्लाहरुमा यस संस्थाले काम गरिरहेको तेमाल अनलाइनलाई बताए ।कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)का प्रमुख लोक नाथ रेग्मी र जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षाका प्रमुख निर्मल घिमिरेले पुननिमार्ण सम्वन्धि नितिगत विषय, राष्ट्रिय पुननिमार्ण प्राधिकारणको संगठानात्मक परिवर्तन पछि हालको भुमिका, पुननिमार्ण सम्वन्धि निति नियम कार्यविधि, पुन निमार्णमा प्रगति, बनेका निति नियमको कार्यन्वयन र तिनको समस्याको बारे प्रष्ट पारिएको थियो ।
त्यसगरी धुलिखेल नपाका वडा अध्यक्षहरुले आफ्नो वडामा भएका पुननिमार्ण संग सम्वन्धित समस्याहरु राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख उदव के.सी को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि धुलिखेल नपाका उपमेयर विमला शर्मा, अतिथी खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधि राजेन्द्र श्रेष्ठ, धुलिखेल नपाका वडा अध्यक्ष, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना , विभिन्न संघसंस्थाका प्रतिनिधिहरुहरुको उपस्थिती थियो ।

कार्यक्रमलाई ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामाले संचालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।