टिफरमा आगो लगाएको आरोपमा ३ जना पक्राउ

काभ्रे । जिल्लाको बनेपामा गत श्रावण ७ गते टिफर जलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

बनेपा नपा–७, चारदोबाटो चोकमा साँगाबाट धुलिखेल आउँदै गरेको बा. २ क ३९३४ नम्बरको टिफरले सोही दिशाबाट आउँदै गरेको बा.८३ प ५०७७ नम्बरको मोटरसाईलाई ठक्कर दिंदा मोटरसाईकल चालक नमोबुद्ध नपा–७ बस्ने वर्ष ५७ को जीतबहादुर तामाङको मृत्यु भएपछि टिफरमा आगो लगाएको थियो ।

टिफरले मोटरसाईकललाई ठक्कर दिएपछि ४।५ सय जना स्थानीय आक्रोशमा आई टिफरमा आगो लगाएको घट्नामा संलाग्न भएको भन्दै अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहारी कार्यालय बनेपाका प्रमुख तथा इन्पेक्टर सुनिलजंग शाहले तेमाल अनलाईनलाई जानकारी दिए ।

पक्राउ पर्नेहरुमा इन्द्रावती गापा–३,सिन्धुपाल्चोक निबासी वर्ष ३४ को उद्धव बानियाँ, दोरम्बा गापा–६, रामेछाप जागुुका वर्ष २५ को भिम श्रेष्ठ र भुम्लु गापा–२ का वर्ष २१ को बिदुर बुढाथोकी रहेकाछन् ।

बानियाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र अन्य दुईजनालाई बनेपाबाटै गिरफ्तार गरिएको इन्पेक्टर शाहले बताए । उनीहरुको अनुसन्धान भइरहेको प्रहारीले बतायो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।