मलेसिया । मलेसियामा जारी अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपालले दुई स्वर्ण हात पारेको छ । अगस्टको १०देखि १२ सम्म क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको कराँते प्रतियोगितमा नेपालले दुई स्वर्ण हात पार्न सफल भएको हो ।
छतज एसिया प्यासिफिक हायासिया कराँते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन साथै नोर्बु तामाङले विलो ८४ केजी तौलमा स्वर्ण पदक हात पारेका हुन् ।
साथै गोमा थापाले विलो ५३ केजीमा रजत पदक जितेकी छिन् भने १३ वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक यस्तै दल बहादुर तामाङले पनि विलो ७५ केजिमा कास्य पदक हात पारेका छन । यस्तै अस्मिता प्रजाले विलो ६१ केजिमा कास्य पदक र विलो ६० केजिमा तुलाराम धामीले कास्य पदक जितेका हुन् ।
खेलमा नेपालले २ स्वर्ण,१ रजत र ४कास्य पदक जित्न सफल भएको हो ।
नेपाल बाट कराँते टिम लिएर आउनु हुने नेपाल हायसियाण्हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराँते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्रा्ष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री साथै रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
भने टिम म्यनेजरमा इन्द्र बस्नेत साथै टिम कोचमा कर्ण बहादुर राई थिए ।
यो प्रतियोगिता २ वर्षको अन्तरमा हुने गरेको छ र यस छतज एसिया प्यासिफिक हायासियाण्हा कराँते महासंघको कोङ्रेस मिटिङले आगामी छैठौं एसिया हायासियाण्हा २०२० अन्तराष्ट्रिय कराते प्रतियोगिता नेपाल हुने निर्णय गरेको छ ।

यस प्रतियोगितामा मलेशिया, नेपाल, बङलादेश, ईन्डिया, भेयतनाम, अस्ट्रेलिया, फिलिपिन्स, इन्डोनेसिया, सिङपुर, श्रीलंका, हङकङ, लगाएत १४ देशको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।