बेथानचोक । बेथानचोक गाउँपालिका कार्यालय अन्तर्गतका सबै वडा कार्यालयहरूमा इ–हाजिरी प्रणाली शुरु गरेको छ । शुक्रबार (भदौ १) गतेबाट इ–हाजिरी प्रणाली जडान गरिएको हो ।

आगामी दिनमा बेथानचोक गाउँपािलका भित्रका स्वास्थ्य चौकी, विद्यालयहरूमा पनि इ–हाजिरी जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले तेमाल अनलाईनलाई जारकारी दिए ।

गाउँपालिकाले गर्ने सम्पूर्ण कार्यहरू स्वस्च्छ, पारदर्शी र कर्मचारीहरूलाई नियमित गराउने लक्ष्यले उक्त इ–हाजिरी प्रणालीमार्फत सबै कर्मचारीहरूले हाजिरी गरेको छन् । साथै उक्त गाउँपालिकाले भदौ १ गतेबाटै लागु हुने गरी गाउँपालिका कार्यालयमा सिसि टिभी जडान पनि सम्पन्न गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।