सुसन सापकोटा
काभ्रे । कोशिपारी भेग अन्तर्गत चौरीदेउराली गाउँपालिका वडा नं. ८ साविकको बिर्तादेउराली गा.वि.स. एकदमै सुक्खाग्रस्त क्षेत्र हो । खानेपानीले हाहाकार भएपछि यस भेगको जनजीवन अत्यन्तै कष्टपूर्ण रहेको छ ।
भुकम्प पश्चात यस वडा कुनै पनि पानीका मुहान रसाएनन्, सबै सुके । तत्पश्चात यस वडामा पानीको हाहाकार मच्चियो । त्यसपछी गतवर्षबाट एकीकृत शहरी विकास केन्द्रले वाटर एड नेपालको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकाको समन्वयमा खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संचालन गरिरहेको छ ।
त्यसै परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग, वडा कार्यालय र गाउँपालिकाको सहयोगमा अहिले बिर्तादेउरालिका करिव ३ सय घरधुरिमा घरायसी स्तरमा मिटर सिस्टम सहित धारा निर्माणका लागि कार्य प्रारम्भ हुन लागेको हो ।
करीब १ करोड ५० लाख लगानीमा निर्माण हुन लागेको यस योजनामा एकीकृत सहरी विकास केन्द्रको करीब ४० लाख र प्राविधिक सहयोग र बाँकी रकम गाउँपालिका, वडा कार्यालय र उपभोक्ताहरुले जुटाउने गरि यो बृहत् योजना सुरु हुन लागेको बुझिएको छ ।
एकीकृत सहरी विकास केन्द्रले श्रावन ३१ गतेदेखी भाद्र २ गतेसम्म बिर्तादेउरालिमा गरिएको उपभोक्ता समितिका सदस्यहरुको लागि निर्माण पुर्वको तालिम संचालन गर्दै आयोजना संचालनका लागि २८ बुँदामा कार्ययोजना निर्माण गरिएको छ । उक्त कार्ययोजना अनुसार कार्य द्रुत गतिमा भएमा दशै अगाडि पानी बिर्तादेउरालिमा पुग्ने र घर घरमा मिटर सिस्टम सहित पुर्ण रुपमा आयोजना संचालन हुन फागुन अन्तिम लाग्नेछ ।
उक्त तालिम कार्यक्रममा वडा अध्यक्ष धन लामाले आयोजना कार्यन्वयन गर्न लागेकोमा खुशी व्यक्त गर्दै जनताको इच्छा र आवश्यकता अनुसार आफूहरु लाग्ने भएकोले काम चाँडै सम्पन्न गर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।














