काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको अध्यक्षमा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) र सचिवमा नारायण पाण्डे सिफारिस भएको छ ।

नेकपाको प्रदेश कमिटिले पार्टी एकीकरण कार्यदललाई आज (आइतबार) सर्वसम्मत सिफारिस गरिएको पूर्व एमालेका जिल्ला सचिवालय सदस्य कन्चत अधिकारीले तेमाल अनलाइनलाई जानकारी दिए ।

पूर्व माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका नेता लालध्वज निवर्तमान जिल्ला इन्चार्ज हुन् भने नारायण पाण्डे पूर्व एमालेका जिल्ला सचिव हुन् । दुवै नेताहरु पूराना र पाका नेतामा पर्छन् ।  काभ्रेली कम्युनिष्ट आन्दोलनमा लालध्वज र पाण्डेको भूमिका अग्रास्थानमै पर्छ ।

कार्यदलमा गरेको सिफारिस अनुमोदन गरेपछि लालध्वज र पाण्डे अध्यक्ष र सचिव पक्का हुनेछ । यससँगै काभ्रेमा नेकपाको एकीकरण सहज ढंगले भएको देखिन्छ । यता जिल्ला समितिमा कोको सिफारिस गरेको छ त्यो भने नेकपाले गोप्य नै राखेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।