काभ्रेमा सरकारी कार्यालयले नै चोर्छ बिजुली, चोरी गर्ने ३ पक्राउ

काभ्रे । बेथानचोक गाउँपालिका–२ गेलुङमा रहेको स्वास्थ्य चौकीका कर्मचारीहरुले मिटर जडान नगरी सिधै बिजुली चोरी गरेको पाइएको छ ।

काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर रबिन्द्र कुमार यादबले दिएको जानकारी अनुसार कर्मचारीहरुले बिजुली चोरी गरेको पाइएको हो । उनका अनुसार सो स्वास्थ्य चौकीमा बिजुली चोरी गरि प्रयोगमा आएको सामग्रीहरु नियन्त्रणमा लिएको छ ।

काभ्रेमा सरकारी कार्यालयले नै चोर्छ बिजुली, चोरी गर्ने ३ पक्राउ

उनीहरुले बिजुली चोरी गरी संचालन गरिएको बिद्युतिय उपकरणहरु समेत नियन्त्रणमा लिइ कार्बहीको लागि प्रकृय अगाडि बढाएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर यादबले बताए ।

बिजुली चोरी गर्ने ३ जना पक्राउ

काभ्रेको बेथानचोक गाउँपालिका २ नं वडाबाट बिजुली चोरी गरेको आरोपमा ३ जना पक्राउ गरिएको छ । उनीहरुलाई काभ्रे बितरण केन्द्रको टोलीले शुक्रवार बेलुका प्रक्राउ गरिएको हो ।

काभ्रेमा सरकारी कार्यालयले नै चोर्छ बिजुली, चोरी गर्ने ३ पक्राउ

बिजुली डइरेक्ट हुकिङ गरेर कुखुरा फर्ममा प्रयोग गरेको आरोपमा टिकराम तिमल्सिनालाई प्रहरीले पक्राउ गरिएको छ । सेही वडाको रामेश तिमल्सिनाले मिटरबाट बिजुली बाइपास गरेर कुखुरा फर्म संचालन गरेको अवस्थामा पक्राउ गरिएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर रबिन्द्र कुमार यादबले बताए ।

बेथालचोक–२ ढुङखर्कमा बिजुली डइरेक हुकिङ गरेर काठ मिल संचालन गरिरहेको नारायण श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको इन्जिनियर नरेश श्रेष्ठले बताए । ‘बिजुली चोरी गरेको अवस्थामा पक्राउ गरिएको ब्यक्तिहरुलाई मुल्याङ्कन अनुसार सय प्रतिशत जरिवना सहित रकम असुल्ने छौं ।’ इन्जिनियर श्रेष्ठले भने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।