दुध लोप्चन,
दक्षिण कोरिया । ख्याङ्ग–बु गाइज (KHYANG-BU GUYS)द्वारा अायोजित छुसक डान्स पार्टीको सम्बन्धि अन्तर्क्रिया गर्दै पोस्टर सर्वजनिक गरिएको छ ।

कोरियाको प्रसिद्द किमे शहर स्थित लुम्बिनी रेस्टुरेन्टमा भएको उक्त अन्तर्क्रिया तथा पोस्टर सर्वाजनिक कार्यक्रम तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानका अध्यक्ष श्री बिश्वास ब्लोन ज्युको सभापतित्वमा सर्वजनिक गरिएको थियो। उक्त डान्स पार्टीको संयोजक श्री सुजित घिसिङ ज्युले कार्यक्रमको उद्देश्य बारेमा कुराहरु राखेका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा यस ख्याङ्नाम प्रान्तमा रहेको विभिन्न संघ सस्था, आदिवासी जनजाति महासंघ बुसान, एन.आर.एन. किमे, एन.सि.सि बुसान, मगर संघ किमे बुसान शाखा, किराँत याक्थुङ चुम्लुङ बुसान, अप्रावासि महिला संघ बुसान र विभिन्न संघ सस्थाहरुको प्रतिनिधिको अतिथिमा सम्पन्न भएको थियो भने उपस्थित संघ सस्थाका प्रतिनिधिहरुले उक्त डान्स पार्टीमा पुर्ण रूपमा सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भएको थियोे ।
उक्त छुसक डान्स पार्टीको मुल उदेश्य तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानले सन्चलान गर्न गैइरहेको अवास गृहको लागी सहयोगर्थ कार्यक्रम भएको हुनाले यस ख्याङ्नाम प्रान्तमा रहेका विभिन्न संघ सस्थाहरु तथा सम्पूर्ण बुद्धिजीवी, व्यवसायी, विद्यार्थी, दाजुभाइ तथा दिदीबहिनीहरुलाई हातेमालो गरि मनोरञ्जन लिनु भइ सहयोग गरिदिनु हुन आयोजकले अनुरोध गरिएको छ।
























