अमृताको पातलो कम्मरमा कस्ले लगायो नजर (भिडियो सहित)

काठमाडौं । नवगायिका अमृता मगरले हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको हार्दिक शुभकामना सहित ‘‘पातलो कम्मर भाँचन’ बोलको गीत बजार लिएर आएकी छन् ।

उनलाई गीतमा गायक प्रेम रसाईलीले साथ दिएका छन् । सुमधुर स्वर रहेको उक्त गितको शब्द तथा लय प्रेम रसईलिको रहेको छ भने बि स्टार फिल्म्सको प्रस्तुतिमा बजारमा आएको हो ।

उक्त गीतको भिडियोमा अभिनय भने अन्जली अधिकारी र ऋतु तामाङको रहेको छ । साथमा बिक्रम चौहान र शंकरले उनिहरूलाई साथ दिएका छन् । विक्रम चौहानको निर्देशन रहेको भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका छन् भने सम्पादन राजेश कुमारको रहेको छ ।

लौ हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।