करकोबारेमा यसो भने महाभारत गापा अध्यक्ष जिम्बाले (भिडियो सहित)

धुलिखेल । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जनतासँग सेवा बापत लिने लिएको शुल्कलाई करको रुपमा प्रचार गरेर जनतालई भ्रममा पारेको आरोप लगाएका छन् ।

तामाङ पत्रकार संघ, काभ्रे जिल्लाले आयोजना गरेको अन्तरकृया कार्यक्रममा अध्यक्ष जिम्बाले उक्त कुरा बताएका हुन् । अहिलेको संविधानले आत्मनिर्भर स्थानीय तहको परिकल्पना गरेको बताउँदै जिम्बाले गाउँपालिकाले करलाई व्यवस्थित गर्न मात्र खोलेको दावी गरे ।

‘स्थानीय सरकार आफै सक्षम हुनुपर्छ भान्ने परिकल्पना अहिलेको संबिधानले गरेको छ । स्थानीय स्रोत साधनलाई आफैले प्रयोग गरेर समृद्धशाली स्थानीय तह बनाउनुपर्ने छ ।’ गापा अध्यक्ष जिम्बाले भने, ‘सेवा बापत लिने शुल्क, ३५ दिन भित्र घट्ना दर्ता गरेन भने लिने गरेको जरिवानालाई करको रुपमा बुझ्नु गलत हो ।’

कार्यक्रममा उनले सामाजिक विकासको लागि आफूले ११ करोड बजेट विनियोजन गरेको बताए । सबै स्थानीय तहमा तामाङ समुदायको बाग्लो उपस्थिति रहेकोले १३ ओटै तहका प्रनिनिधिहरुसँग अन्तरकृया गर्न सल्लाह समेत दिए ।

लौ हेर्नुहोस् भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।