रोशी गापाका अध्यक्ष मोक्तानले भने, ‘रोाशी गाउँपालिकामा कर ‘फ्री’ (भिडियो सहित)
धुलिखेल । काभ्रे जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डिबी मोक्तानले आफ्नो गाउँपालिकामा कर फ्रि रहेको बताएका छन् ।
तामाङ पत्रकार संघ काभ्रेले आयोजना गरेको ‘स्थानीय सरकारको नीती, कार्यक्रम तथा बजेटमा आदिबासी जनजाती तामाङ समुदाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा मोक्तानले उक्त कुरा बताएका हुन् ।
‘रोशी गापामा कर फ्री छ, तर ३५ दिन काटे जरिवानामा पर्छ ।’ सामाजिक सञ्जालमा विभिन्न वडाले कर निःशुल्क भनि घोषणा गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘कर कल्ले तिर्ने, कोसँग लिने ? कुनै वडाले आफूखुशी कर निर्धारण गर्न पाईदैन । कार्यपालिकाले निर्धाण गर्ने हो ।’
स्वीजरल्याण्डमा माग्ने मान्छेले समेत दिनभरि जति मागेको हो त्यसको कर इमान्दारीता पूर्वक सरकारलाई तिर्ने गरेको प्रसंग उल्लेख गर्दै हाम्रो देशमा भने तिर्न नपाए हुन्थ्यो भन्नेहरु रहेको बताए । ‘कर नतिरे कसरी देश चल्छ ?
मैले जति गरें तामाङकै लागि गरें
आफ्नो गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकोले गापाको हरेक सवालमा तामाङ समुदायका अर्थपूर्ण सहभागीता रहेको बताए । मोक्तानले रोशी गाउँपालिकामा गत आर्थिक वर्षदेखि मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । आप्नो समुदायका कुरा गर्दा अर्को समुदायको मनमा आँच पुग्ने कुरा गर्न नहुने उनले बताए ।
हेर्नुहोस् भिडयोः

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।