मण्डनदेउपुर नपाका प्रमुख वाईबाले भने, ‘हिजो कालो पेनले टिप्पणी लेख्ने, रातो पेनले सिफारिस गर्नेहरुबाट समस्या’ (भिडियो सहित)

धुलिखेल । काभ्रे जिल्लाको मण्डनदेउपुर गाउँपालिका प्रमुख टोकबहादुर वाईबाले कर्मचारीको बानी विग्रेका कारण काम गर्न गाह्रो भएको बताएका छन् ।

तामाङ पात्रकार संघ काभ्रेले आयोजना गरेको एक अन्तरकृया कार्यक्रममा नगर प्रमुख वाईबाले उक्त कुरा बताएका हुन् । ‘स्थानीय निकाय त्यत्रो वर्ष सञ्चालन गर्ने कर्मचारहरु अहिले हलिमुहली गर्न नपाउँदा काम गर्न गाह्रो भएको छ ।’ उनले भने, ‘कालो पेनले टिप्पणी लेख्ने, रातो पेनले सिफारिस गर्ने गरेर मोजमा बसेका कर्मचारीहरु विभिन्न बहानामा काम गर्दैनन् । अहिलो निक्कै गाह्रो छ ।’

हामी सहयोग गर्न तयार छौं

हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भनेजस्तै आफूहरु तामाङ पत्रकारहरुको लागि सहयोग गर्ने नगर प्रमुख वाईबाले प्रतिबद्धता जनाए ।

‘योजना बनाउनुहोस् हामीले के के सहयोग गनुपर्छ गरौंला ।’ वाईबाले भने ।

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।