भक्तपुर । तामाङ कथानक चलचित्र घ्रान भक्तपुरमा प्रर्दशनी गरिने भएको छ । गाउँको सामन्तीको ज्यादती र यसको प्रतिकारमा आधारित तामाङ कथानक चलचित्र ‘घ्रान’ भाद्र १६ गते भक्तपुरको बाराही मुभिजमा विशेष प्रदर्शन हुने भएको छ ।
ओखलढुङ्गाको मूलखर्क गाउँमा रहेको समान्तबाद र त्यसले समाजमा उब्जाएको समस्यालाई सचित्र वर्णन गरिएको चलचित्र यस अधि राष्ट्रिय नाचघरमा प्रर्दशनी गरिएको थियो ।
मूलखर्कको बिभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्र नाचघरमा विषेश रुचाईएको थियो । फो के मा निर्माण भएको ध्रान करिव ४० लाखमा निर्माण सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ ।
यस चलचित्रमा कलाकारहरु सुकुमाया मोक्तान, बिकास स्यङ्तान, सागर घिसिङ, सुस्मा मोक्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ तथा स्थानिय कलाकरहरु नर्माता राम घिसिङ शम्भु घिसिङ सागर घिसिङले अभिनय गरेका छन् ।
चलचित्रको निर्देशन जनक गुरुङ, द्वन्द निर्देशन वाङ्छु लिम्बु, नृत्य निर्देशन अजय स्याङ्तान, कथा पट्कथा अमृत लामा र सागार घिसिङ, सम्वाद जनक गुरुङ, छायांकन बिक्रम लामा मोक्तान, श्रृंगार बिना घाले लोप्चन, सम्पादन बज्र ङ्यासुर, कलर सुर्य लामा, पोस्ट प्रोडक्सन जिग्मे मिडिया, शब्द कुमार स्याङ्बा सुक्रानी दोङ (अनु), संगीत विशाल काल्तान, अमृत लामा, निमा दोङ, कृष्ण काफ्ले, स्वर अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ, दिपा लामा रहेका छन् ।
तामाङ चलचित्रमा नै पहिलो पटक उच्च गुणस्तरको भिडियो सहित निर्माण भएको यो चलचित्रले हालको डिजिटल प्रविधिमा तामाङ चलचित्रलाई लैजान मद्दत गरेको छ ।
भक्तपुरमा विशेष प्रर्दशनी हुँदै चलचित्र घ्रान
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।