बस्ती स्थानान्तरण गर्ने वाइबाको प्रतिबद्धता पहिरो पिडितको बस्तीमा पुगेका प्राबिधिक टोलिले उक्त स्थानमा बस्ती बसाल्न योग्य नभएको बताएको छ । प्राविधिक टोलीले ठाउँमा बस्न कुनैपनि हिसाबले उपयुक्त नभएको र चाडो अन्यत्र सर्न नगर प्रमुख वाईबासँग अनुरोध गरेको छ । भुगर्भविद् प्रकाश पोखरेलका अनुसार कुनै पनि बेला यो बस्तीले ठूलो धनजनको क्षति पुग्ने बताए । हाल पिडितहरु स्कुल र गुम्बामा बसेका छ्न । बस्ती स्थानान्तरण गर्न ढिलाई गर्दिन– वाईबा नगर प्रमुख वाईबाले उक्त वस्ती सर्न कुनै ढिलाई नगर्ने बताए । बाईबाले उपयुक्त स्थानको छनौंट गरि एककिृत बस्ती निर्माण गर्ने बताए । यस अघि वाईबा पिडितहरुलाई राहत लिएर पुगेका थिए ।
फोटोः जीवन पराजुली

काभ्रे । जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नं. १० का पहिरो पीडितका अवस्था बुझ्न नगर प्रमुख टोकबहादुर वाईबा पिडितको आँगनमै पुगेका छन् । नगर प्रमुख वाइबा सहित बुधबार भूगर्भविद् समेत पुगेको हो ।

भुगोलको अवस्था र पहिरो पिडितको पछिल्लो अवस्था नगर प्रमुख वाईबाको टोलीले बुझेका छन् ।

बस्ती स्थानान्तरण गर्ने वाइबाको प्रतिबद्धता

पहिरो पिडितको बस्तीमा पुगेका प्राबिधिक टोलिले उक्त स्थानमा बस्ती बसाल्न योग्य नभएको बताएको छ । प्राविधिक टोलीले ठाउँमा बस्न कुनैपनि हिसाबले उपयुक्त नभएको र चाडो अन्यत्र सर्न नगर प्रमुख वाईबासँग अनुरोध गरेको छ । भुगर्भविद् प्रकाश पोखरेलका अनुसार कुनै पनि बेला यो बस्तीले ठूलो धनजनको क्षति पुग्ने बताए । हाल पिडितहरु स्कुल र गुम्बामा बसेका छ्न ।

बस्ती स्थानान्तरण गर्न ढिलाई गर्दिन– वाईबा

नगर प्रमुख वाईबाले उक्त वस्ती सर्न कुनै ढिलाई नगर्ने बताए । बाईबाले उपयुक्त स्थानको छनौंट गरि एककिृत बस्ती निर्माण गर्ने बताए । यस अघि वाईबा पिडितहरुलाई राहत लिएर पुगेका थिए ।

पिडितलाई राहत

रोटरी क्लब दरबारमार्ग र सशस्त्र प्रहरीले पहिरो पिडितहरुलाई थप राहत समेत बितण गरेको छ । उनीहरुले १८ घरका पिडितलाई दैनिक उपभोग हुने सामग्री समेत प्रदान गरेको छ । त्यसैगरि इको हिमाल सँस्थाले पनि पिडितहरुलाई रु १ लाख बराबरको सामग्री सहयोग गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।