याम्बु । प्रदेश ३ का उपसभामुख राधिका तामाङले प्रदेशको सरकारी कामकाजको भाषा संविधानले तोकिए बमोजिम हुने बताएका छन् । बुधबार तेस्रो तामाङ ज्ञान महोत्सवको उद्घाटन गर्दै उपसभामुख तामाङले उक्त कुरा बताएका हुन् ।

संविधानले व्यवस्था गरे अनुसार प्रदेशको सरकारी कामकाजको भाषा तामाङ पनि हुने बताईन् । तर व्यवहारमा उतार्न निक्कै नै कठिन रहेको पनि खुलासा गरिन् ।

‘प्रदेशमा सरकारी कामकाजको भाषाकोबारेमा संविानमा स्पष्ट उल्लेख छ । हाम्रो प्रदेशमा तामाङ भाष पनि सरकारी कामकाजको भाषा हुन्छ ।’ उपसभामुख तामाङले भनिन्, ‘तर यसलाई व्यबहारमा उतार्न गाह्रो छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले हाम्रो समाजमा एउटा समुदायले अर्को समुदायको विरुद्ध लाग्ने नराम्रो संस्कारको विकास भएकोमा चिन्ता व्यक्त गरे ।

ज्ञान महोत्सवमा पुस्तक विमोचन र कार्यपत्र प्रस्तु

पहिचान दिवसको दिन भएको तामाङ ज्ञान महोत्सवमा २ दर्जन तामाङ पुस्तक विमोचन र १४ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

तामाङ पहिचान दिवसलाई अवसर पारेर आयोजना गरेको महोत्सवमा तामाङ पुस्तक तथा पत्रपत्रिकाहरुको प्रदर्शनी, तामाङ संस्कृति तथा भेषभुषाको प्रदर्शनी, तामाङ कला प्रदर्शनी, फोटो प्रदर्शनी तामाङ ज्ञानसम्वन्धी सेमिनार समेत भएको छ ।

तामाङ ज्ञान महोत्सवको उद्घाटन गर्दै उपसभामुख तामाङले भनिन्, ‘सरकारी कामकाजको भाषा तामाङ’

कार्यपत्र प्रस्तुतिको पहिलो सत्रमा ७ वटा गोष्ठीपत्र प्रा. डा. दानराज रेग्मी र डा. अम्बिका रेग्मीले ‘पश्चिमी तामाङ भाषिकामा मातृभाषामा शिक्षा आवश्यकता, कार्यान्वयन प्रकृया तथा प्रभावकारिता”, धनबहाद’र तामाङ– “तमङ ग्योइ ल विकास तेन ध्वनि संवेदनशिलताः समस्या, चुनौती हाच्छा ब्रातोप ग्यलम”, डा. ओमकारेश्वर श्रेष्ठ— “तामाङ थरको भाषावैज्ञानिक अध्ययन”, प्रतिक ङ्यास’र— “तामाङ भाषा, लिपि र लेखन अभ्यास” लोक बहादुर लोप्चन— “शिक्षामा तामाङ भाषाको स्थिति, चुनौती र भावी दिशा”, अमृत योन्जन–तामाङ– “तामाङ भाषामा पुस्तक प्रकाशनको स्थिति” प्रस्तुत गरेका थिए ।

यसलाई नेपाल भाषाविज्ञान समाजका अध्यक्ष भिमनाराण रेग्मीले सत्राध्यक्ष गरेका थिए ।

त्यसैगरी दोस्रो सत्रमा सामाजिक अभियन्ता तथा लेखक परशुराम तामाङले सत्राध्यक्ष गरेका हुन् भने ७ वटा कार्यपत्र क्रमशः बिष्णु थिङ– “तामाङ समुदायमा माघे संक्रान्ति”, राजनलाल जोशी— “तामाङ र नेवारबीच सहसम्वन्ध”, अन्जु तामाङ— “तामाङ रीमठिमः तामाङ संस्कारको विस्तृत दस्तावेज”, प्रतिज्ञा रेग्मी— तामाङ सम्पदा, ध्यानबहादुर मोक्तान— तामाङ समाजमा बौद्धधर्मको परम्परा, प्रताप बल—तामाङ— भारतमा तामाङ गुम्बाहरू र तामाङ पहिचान दिवस र कर्म डि लामा– “Religious Conversion to Christianity and Socio-Cultural Transformation among Nepalese Tamang” विषयक प्रस्तुति गरेका थिए ।

कार्यक्रमको प्रारम्भ गर्दै ताम्बाहरु । फोटोः ग्याम्जो थोकर तामा
कार्यक्रमको प्रारम्भ गर्दै ताम्बाहरु । फोटोः ग्याम्जो थोकर तामा

जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जनको संयोजकत्बमा मुल आयोजक समिति बनाएर आयोजना गरिएको हो ।

आयोजक सदस्य संस्थाहरू नेपाल तामाङ घेदुङ, तामाङ न्हाङखोर, तामाङ डाजाङ, नेपाल तामाङ पत्रकार संघ, एससीआरसी, नाङसाल क्लब नेपाल, तामाङ स्रष्टा समाज, तम्बा संघ नेपाल, सेमल्हेङ न्हान, सैलुङअनलाइन र तामाङ ग्लोबल मुभमेन्ट रहेका छन् ।

महोत्सवले बहस, छलफल, प्रस्तुति मार्फत ज्ञान र सूचनाको खोजी र त्यस्ता जानकारी सबै माझ पुय्याउने प्रयास, तामाङ सम्बन्धित विभिन्न विषयहरुमा थप प्रकाश पार्ने प्रयास, तामाङ पुस्तक, संस्कृति, भेषभुषा आदिबारे जानकारीमुलक प्रदर्शनी, समुदाय, संस्था, व्यक्तिवहर बीच समन्वयकारी वातावरण सिर्जना गर्ने, युवाहरुमा संस्कृतिबारे जानकारी, विभिन्न विषय, कुरा, जानकारीहरुलाई मिडियामार्फत सबै समक्ष बाहिर ल्याउने मुल उद्देश्य अनुरूप २०७२ बाट कार्यक्रम सुरू गरेको आयोजकले जानकारी दिए ।

आजकै दिन वि.स. १९८९ मा तत्कालीन राणा सरकारले ’तामाङ’ लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो, यसअघि तामाङहरुलाई आफ्नो थर लेख्न प्रतिबन्ध लगाएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।