भक्तपुर । जनै पूर्णिमाको अवसरमा बनेपामा आप्लेङ्ग ला नाम्सा प्रर्दशनी गरिने भएको छ । द पल्मा ग्रपको ब्यानरमा बनेको तामाङ चलचित्र आप्लेङ्ग ला नाम्साको काभ्रेको बनेपामा विषेश प्रर्दशनी हुन लागेको चलचित्रका नायक बद्री थिङले जानकारी दिनुभएको छ । उहाँका अनुसार तामाङ चलचित्र आप्लेङ्ग ला नाम्सा भाद्र १० गते जनै पूर्णिमाको दिन काभ्रेको बनेपा स्थित शुभकामना चलचित्र मन्दिरमा विषेश प्रर्दशनी हुने भएको हो।
विशुद्द पारिवारिक कथाबस्तुमा निर्माण भएको उक्त चलचित्रमा प्रमुख भूमिकामा बद्रि थिङ , सन्जु केसी , प्रेम तामाङ, भूईसाल तामाङ , छेम्वेल ह्योलमो, कान्छी माया ह्योलमो लगाएतको प्रमुख भूमिका रहेको छ ।
नितान्त तामाङ र ह्योलमोको पारिवारिक कथामा आधारित रहेको उक्त चलचित्रमा तामाङ अनी ह्योलमो समुदायको रिति रिवाज र संस्कृती एवं परम्पराको प्रस्तुतिकरण गरिएको छ । नेपाली समाजमा विभिन्न जात जाती एवं परम्परा रहेकामा यि दुई समुदायमा ब्याप्त रिति रिवाज तथा संस्कृतिको प्रस्तुतिकरण यस चलचित्रले गर्न खोजेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
अहिले सम्म निर्माण हुँदै आएका तामाङ चलचित्र भन्दा भिन्न विषय बस्तु एवं कथाबस्तुमा उक्त चलचित्र निर्माण भएको नायक बद्रि थिङले जानकारी दिनुभयो ।
उक्त चलचित्रमा ४ वटा गित जसमा चारै प्रकारका संगीत दिईएको छ । चलचित्रका कथाकार, गीत , शब्द दोर्जे लामाको रहेको छ भने चलचित्रमा संगीत भने चन्द्र कुमार दोङको रहेको छ । यस्तै चलचित्रमा द्वोन्द राजु किँरातको , निर्देशन , कोरियोग्राफी , सम्पादन भने अजय स्याङतानको रहेको छ । काठमाण्डौं, सिन्दुपाल्चोकको हेलम्वु स्थित सेर्माथान ,तार्केघ्यङ, आमा याङरी, रामेछाप ठुलो सैलुङ लगाएतका स्थिानमा चलचित्रको छायाङकन गरिएको थियो ।

बौद्दको पृथिवी चलचित्र मन्दिर, गोपीकृष्ण , केयल टावमा, भक्तपुर  सो गरि सकिएको उक्त चलचित्र काभ्रेको बनेपामा पहिलोपटक  प्रदर्शन गर्न लागिएको हो।

Comments

comments