निजगढको कछडीयामा निर्माणाधिन मन्दिर बजेट अभावका कारण रोकियो बसन्त लामा बारा । जिल्लाको निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित कछडीयामा अबस्थित थानी माईको मन्दिर आर्थिक अभाबका कारण निर्माण सम्पन्न गर्न नसकेको बुझिएको छ । बजेट नपुगेपछि मन्दिर ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएपनि सम्पन्न हुन नसकेको हो । उक्त थानिमाईको मन्दिर निर्माण गर्न आर्थिक अपुग भएको अबस्थामा मन्दिरको पुजारी अर्थात कछडीया टोल बिकास समितिको अध्यक्ष कन्त लाल धामीबाट आफ्नो निजि आर्थिक ६५ हजार लगानी गरेर मन्दिरको निर्माण कार्य सम्मपन्न गरेको छ । कछडीया जातिको पहिचानलाई जोगाउन निजगढ नगरपालिका र वडा अध्यक्ष मंगले लोप्चनको पहलमा जनश्रमदान सहित थानीमाईको मन्दिर निर्माण गर्न आर्थिक वर्ष ०७४।०७५ को बजेड ५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । निजगढ नगरपालिकाको अधिकाँस वडामा सरकारको मात्र मुख ताक्ने नेता र स्थानीय जनता सामु र नयाँ आउने पिडिलाइ इतिहास बनोस भन्ने उदेश्यले नगरपालिकाबाट बिनियोजन गरेको बजेटले मन्दिर बनाउन अपुग भएकोमा मन्दिरको पुजारीको हैसियतले ६५ हजार थप गरि थानीमाईको मन्दिर निर्माण कार्य सम्पन्न गरिएको कन्त लाल धामीले बताएका छन् । थानिमाई मन्दिरको नाउँमा रहेको जग्गा केरा खेति गर्न ठेक्कामा लगाउदै आएपनि ठेक्काबाट आएको आर्थिक भने हालसम्म मन्दिरको निर्माण कार्यमा नलगाई केहि ब्यक्तिले चलाई रहेको भनि धामीले बताए ।

बसन्त लामा
बारा । जिल्लाको निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित कछडीयामा अबस्थित थानी माईको मन्दिर निर्माण कार्य सम्पन्न भएको छ ।

मन्दिर निर्माणका लागि बजेट नपुगेपछि मन्दिर ९५ प्रतिशत निर्माण भएपनि निर्माण कार्य सम्पन्न भएको थिएन ।
उक्त थानिमाईको मन्दिर निर्माण गर्न आर्थिक अपुग भएको अबस्थामा मन्दिरको पुजारी अर्थात कछडीया टोल बिकास समितिको अध्यक्ष कन्त लाल धामीबाट आफ्नो निजि आर्थिक ६५ हजार लगानी गरेर मन्दिरको निर्माण कार्य सम्मपन्न गरेको छ ।

कछडीया जातिको पहिचानलाई जोगाउन निजगढ नगरपालिका र वडा अध्यक्ष मंगले लोप्चनको पहलमा जनश्रमदान सहित थानीमाईको मन्दिर निर्माण गर्न आर्थिक वर्ष ०७४।०७५ को बजेड ५ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

निजगढ नगरपालिकाको अधिकाँस वडामा सरकारको मात्र मुख ताक्ने नेता र स्थानीय जनता सामु र नयाँ आउने पिडिलाइ इतिहास बनोस भन्ने उदेश्यले नगरपालिकाबाट बिनियोजन गरेको बजेटले मन्दिर बनाउन अपुग भएकोमा मन्दिरको पुजारीको हैसियतले ६५ हजार थप गरि थानीमाईको मन्दिर निर्माण कार्य सम्पन्न गरिएको कन्त लाल धामीले बताएका छन् ।

थानिमाई मन्दिरको नाउँमा रहेको जग्गा केरा खेति गर्न ठेक्कामा लगाउदै आएपनि ठेक्काबाट आएको आर्थिक भने हालसम्म मन्दिरको निर्माण कार्यमा नलगाई केहि ब्यक्तिले चलाई रहेको भनि धामीले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।