काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिकामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ ।

विहिबार भएको उपभोक्ताहरुको भेलाले उत्तरबहादुर लामाको अध्यक्षतामा ११ सदस्यी समिति चयन गरेको हो ।

नवगठित समितिमा उपाध्यक्ष निरञ्जन तामाङ, सचिव लाक्पा लामा, कोषाध्यक्ष लाक्पा लामा, सदस्यहरु पासाङ दोर्जे लामा, विदुर न्यौपाने, कृष्णकुमार गौतम, लेखराज गिरि, लालकुमारी लामा, गजविर लामा, इश्वरी ढुंगाना, शर्मिला चौंलागाईं रहेका छन् । वडा नं. ५ को भने पछि थप्ने आयोजकले जानकारी दिएको छ ।