काभ्रे । तेमाल गाउँपालिका वडा नं. २ ल्हाप्सेमा रहेको सरस्वती प्राविको भवन निर्माणमा भएका अनियमितताको मुख्य दोषी प्रदीप लामा भएको खुलासा भएको छ ।
तेमाल गाउँपालिका वडा नं. ५ याङबेल निवासी नेपाली काँग्रेसका नेता लामाले उक्त विद्यालय निर्माण गर्ने जिम्मा लिएका थिए । जिम्मा लिएसँगै उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यामयाङ लामाबाट ५ लाख ५० हजार नगद रकम लिएका थिए । रकम लिने वित्तिकै उनले कामै नगगरी सम्पर्क विहीन भएपछि यो विषयमा तेमाल अनलाईनमा पहिलो पटक समाचार प्रशासित भएको थियो ।
‘तेमालको एक विद्यालय बन्यो ज्यामयाङको कमाउने थलो, विरोध गर्दा धम्की’ भन्ने शिर्षकमा तेमाल अनलाईनमा समाचार प्रकाशन भएपछि विव्यस अध्यक्ष ज्यामयाङ र प्रदीपबीचमा एक अर्कालाई दोषारोपण गर्ने काम भएको छ ।
प्रदीप तामाङको बहाना धेरै
भवन निर्माण नहुनुमा धेरै बहानाहरु प्रदीप तामाङले तेमाल अनलाईनलाई सुनाएका छन् । विद्यालयले पानीको व्यवस्था नगरेको देखि सामान लाने बाटो नभएकोले भवन निर्माण गर्न नसकेको उनको बहाना छ ।
“विभिन्न विद्यालय भवन निर्माणको जिम्मा लिंदै आएका प्रदिपको भ्रष्टाचारको श्रृंखलाहरु बाहिर आउने क्रम जारी छ । “
त्यतिमात्र होइन तेमाल अनलाईनसँगको कुराकानीमा यो काम ५ वर्ष भित्रमा सम्पन्न हुनुपर्ने भएकोले हतार गर्न नमिल्ने बताए । ‘यो काम त ५ वर्ष भित्रमा सम्पन्न हुनुपर्ने काम हो ।’ तामाङले भने ‘काम सम्पन्न नभएको जिल्ला त १४ वटा छन् नी ।’ हतार गर्नु नपर्ने उनले बताए ।
त्यसैगरि ठेक्का पट्टाको जिम्मा लिएका प्रदीपले आफूले विव्यस अध्यक्षसँग एक रुपैयाँ पैसा नलिएको बताएका छन् । ठेक्का लिएपनि आफूले पैसा भने नलिएको बताए ।
यता ज्यामयाङ लामाले भने यो कुरालाई बहाना मात्र भएको बताए । ‘यो कुरा उसको बहाना मात्र हो ।’ उनले भने, ‘बाटोको कारण पनि होइन पानीको कारण पनि होइन, उसको नियत नै खराब रहेछ ।’
खानेपानीको लागि उठाएको पैसा खोई ?
प्रदीप र ज्यामयाङ मिलेर ल्हाप्सेका स्थानीयबाट खानेपानीको लागि भन्दै उठाएको पैसाको आतोपातो छैन । प्रति घरधुरीको १५ हजारको दरले उठाउने योजना बनाई रकम उठाएको थियो ।
विमेरी खोला (फूलडाँडा) देखि ल्हाप्से हुँदै याङबेलसम्म खानेपानी ल्याउने भनेर उक्त रकम उठाएका थिए । उक्त रकमकोबारेमा ज्यामयाङसँग जिज्ञासा राख्दा उक्त रकम पनि प्रदीपले नै लगेको बताए । उता प्रदीपसँग बुझ्दा आफूले ज्यामयाङसँग कुनै पैसा नलिएको बताए । विभिन्न विद्यालय भवन निर्माणको जिम्मा लिंदै आएका प्रदिपको भ्रष्टाचारको श्रृंखलाहरु बाहिर आउने क्रम जारी छ ।
‘मैले प्रदीपलाई विश्वास गरेर कागज नगरी ५ लाख ५० हजार पैसा दिएँ ।’ लामाले भने, ‘चेकबाट मात्रै भएपनि कारोबार गरेको भए आज मलाई यो समस्या आउने नै थिएन ।’
अभिभावक भेलामा अभिभावकको माग
भवण निर्माणमा ढिलाई देखेपछि जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)ले काम सूचारु गर्न अभिभावक भेला बस्न विद्यालयलाई निर्देशन दिएको थियो । यहीँ अनुरुप श्रावण ८ गते भेला डाकेका थिए ।
भेलामा अभिभावकहरुले विद्यालयको व्यवस्थापन समिति नयाँ चयन गर्न माग गरेका थिए । साथै हिसाब किताब समेत तुरुन्त सार्वजनिक गर्न माग गरेका थिए ।
अभिभावकले यस्तो माग राखेपछि विव्यस अध्यक्ष लामाले हात जोडेर माफी समेत मागेका थिए । ‘यो नयाँ भवन निर्माण गरेपछि मात्र म राजीनामा दिन चाहन्छु ।’ अभिभावकसँग लामाले भने, ‘अब म गल्ती गर्दिन, मलाई पनि अरु कसैले फसाएको हो ।’
विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेपछि ७ लाख ५० हजारको काम गर्न दिने र बाँकी कामकोबारेमा पछि निर्णय गर्ने अभिभावकहरुले बताए । अभिभावक भेलाले २ हप्ता भित्रमा ७ लाख ५० हजार बराबरको काम गर्ने निर्णय समेत गरेको छ ।
जीव्रो काट्ने धम्की
विव्यस अध्यक्ष लामाको भतिज फूर्वा लामाले भ्रष्टचार गरेको कुरा उठाउनेलाई धम्की दिएका छन् । अभिभावक भेलामा धम्की दिंदै उनले भने ‘भ्रष्टचार गरेको भनी हल्ला गरे जीब्रो काटिदिन्छु ।’
मैले प्रदीपलाई विश्वास गरेर गल्ती भो
विव्यस अध्यक्ष ज्यामयाङ लामाले आफूले प्रदीपलाई विश्वास गरेर गल्ती गरेको बताए । ‘मैले प्रदीपलाई विश्वास गरेर कागज नगरी ५ लाख ५० हजार पैसा दिएँ ।’ लामाले भने, ‘चेकबाट मात्रै भएपनि कारोबार गरेको भए आज मलाई यो समस्या आउने नै थिएन ।’
बाँकी रहेको २ लाखले भवन निर्माणको लागि सम्याउने काम भएको उनको दाबी छ । यसैगरि विव्यस अध्यक्ष ज्यामयाङले आफूले जसरी भएपनि विद्यालय भवन निर्माण गर्ने बताएका छन् ।
जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा)को निर्णय
जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)का प्रमुख शरद कुमार भण्डारीको अध्यक्षतामा मिति २०७५ श्रावण ६ गतेको बसेको बैठकले विद्यालय भवन निर्माण सम्बन्धी निर्णय गरको छ ।
यस्तो छ निर्णयः
काभ्रेबाट सरस्वती आधारभूत विद्यालयको लागि आ.व. २०७४।७५ को वार्षिक कार्यक्रम अनुसार तीन कोठे ट्रस भवन निर्माणको लागि यस कार्यालय र विद्यालय बीच २०७४ मंसिर ५ गते भएको संझौता अनुसार प्राविधिक तर्फबाट ले आउट भैसकेको भएपनि हालसम्म अन्य प्रगतिको कार्य नभएको हुँदा विद्यालय व्यवस्थापन समितिले विद्यालय र सरोकारवालाहरु तथा समग्र अभिभावक भेला बोलाई तुरन्तै निर्माण कार्य थालनी गर्ने कुरा निर्णय गरियो साथै गुणस्तरीय भवन निर्माणको लागि प्राविधिकले दिएको निर्देशन अनुसार निर्माण कार्य शुरुवात गर्ने जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) काभ्रेका सम्बन्धित क्षेत्रका प्राविधिकसँग् समन्वय गर्ने कुरा निर्णय गरियो ।















