राजु तामाङ
सर्लाही । जिल्लाको नेपाल तामाङ घेदुङ बागमती नगर भेला शनिबार सम्पन्न भएको छ ।
प्रथम भेलाले प्रेमध्वज घिसिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
भेला भाषा, लिपी तथा साहित्य विभगीय प्रमुख काजीमान थिङ तामाङको प्रमुख आतिथ्य र बागमती नगरपालिकाकी उप प्रमुख लीला कुमारी मोक्तानको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रथम नगर भेलालाई पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै तामाङ सांस्कृतिक पुनर्जागरण सम्बन्धि कार्यक्रमका प्रमुख तथा प्रशिक्षक थिङले तामाङ भाषा, सँस्कृति, लिपी र धर्मकोबारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका अर्का अतिथि घेदुङका संघीय सदस्य अर्जुन योञ्जन, काल्साङ छ्योइ खोर्लिङ गुम्बाका अध्यक्ष प्रेम बहादुर मोक्तान, जिल्ला अध्यक्ष हिराकाजी योञ्जन, हरिवन नगर कमिटीका अध्यक्ष शशी बल तामाङ, तामाङ पत्रकार संघ सर्लाहीका अध्यक्ष राजु लो तामाङ, ईश्वरपुर नगर कमिटीका सचिव सुरेन्द्र गोले, बागमती नगरपालिकाका सम्पूर्ण तामाङ जनप्रतिनिधि र बागमती नगर भित्रका तामाङ बुद्धिजीवी, नगरवासीहरुको उपस्थिति रहेको थियो।
नव गठित कार्य समितिमा उपाध्यक्ष रोशन दोङ तामाङ, महिला उपाध्यक्ष गंग माया राई तामाङ, सचिव पञ्चमाया मोक्तान, कोषाध्यक्ष सरिता घिसिङ, सह–सचिव चन्द्र बहादुर जिम्बा तामाङ लगायत रहेको छ।
कार्यक्रम संयोजक पाल्देन दोर्जे योञ्जनको सभाध्यक्षमा भएको कार्यक्रमलाई धर्म गोलेले सञ्चालन गरेका थिए ।