रोशी गापा अध्यक्ष मोक्तानले गरे आफ्नो जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग

काभ्रे । जिल्लाको रोशी गाउँपालिकाका अध्यष डिबी मोक्तानले आफ्नो ४४ औं जन्मदिवसको अवसरमा बृद्धाश्रम पुगरे विभिन्न सामग्रीहरु सहयोग गरेका छन् ।

आईतबार (आज) अध्यक्ष मोक्तानले बनेपाको बौद्ध बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्ध–बृद्धारुलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका हुन् । उनले बृद्ध–बृद्धाहरुलाई विभिन्न लताकपडा, फलफुल, खाना तताउने मेशिन लगायतका सामग्री वितरण गरेका थिए ।

उक्त सामग्रीहरु अध्यक्ष मोक्तानले आफ्नो १ महिनाको तलबबाट किनेर वितरण गरेको बताए ।

मोक्तानले विगत ३ वर्ष देखि आफ्नो जन्मदिन विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउदै आएका छन् ।

‘मैले जन्म दिन मनाउन लागेको यो तेस्रो वर्ष हो । पहिलो वर्ष मैले सामुदायिक विद्यालयका वालवालिकाहरुसँग मनाए ।’ अध्यक्ष मोक्तानले भने, ‘दोस्रो वर्ष म निर्वाचित भएपछि मेरो गाउँपालिकाका १२ वटै वडाका विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरें ।’

भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।