रामेछाप जिल्लाभर काठको पोल हटाउने तयराी तिब्र, पैतीस सय काठको पोल फेरिदै

रामेछाप । काठको पोलले जोखिम बढाएपछि रामेछाप जिल्लाभर काठको पोल फेर्ने कार्यक्रमले तीब्रता पाएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण गर्ने क्रममा गाडेको काठको पोल हटाएर स्टिलको पोल गाडने कामलाई अगाडि बढाएको हो । काठको पोल जिर्णे हुँदा विद्युत सर्ट हुने र नागरिकहरुको ज्यान नै जाने अवस्था सृजना भएपछि प्राधिकरणले एक बर्ष अघि झण्डै छ हजार काठको पोल हटाएको थियो ।

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले गत आर्थिक बर्षमा करिब २५ हजार काठको पोल विस्तापित गरेर नयाँ स्टिलको पोल गाडिएको बताए । उनका अनुसार यस आर्थिक बर्षमा ३५ सय काठको पोल विस्थापित गरेर नयाँ पोल गाडने कार्यक्रम छ ।

एक बर्षभित्र रामेछाप जिल्लाभर काठको पोल हटाउने कार्यक्रम रहेको उनको भनाई छ ।

‘काठको जिर्णे पोल सबै फेरिसकेका छौ, अब सबै काठका पोल नै हटाउने योजना अन्तर्गत काम भइरहेको छ ।’ अधिकारीले भने– ‘प्राधिकरणले विद्युतीकरण गरेको स्थानमा मात्र काठको पोल विस्तापित गर्ने कार्यक्रम अन्तर्गत काम भइरहेको र अत्यावश्यक स्थानमा काठको पोलबाट समस्या सृजना भएको ठाउँमा तत्काल पठाएका छौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।