तेमाल । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का संघीय सांसद गंगाबहादुर तामाङले अबको शिक्षा घोकान्ते नभएर व्याहारिक हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ स्थित भुमेश्वर आधारभूत विद्यालयका वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् । सोलुखुम्बु निवासी ८८ वर्षिय कर्मा शेर्पा लामाको जन्मदिनको अवसर पारेर उक्त शैक्षिक सामग्री वितरण गरेको थियो ।
‘पहिलो विकास मान्छेको चेतना हो, शिक्षा हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले भने, ‘शिक्षा व्यबहारिक हुन आवश्यक छ । घोकान्ते शिक्षाको अन्त्य गरेर व्यबहारिक शिक्षाको आवश्यक छ ।’ आफूहरुले शिक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
तेमालको सबैभन्दा ठूलो समस्या
कार्यक्रममा सांसद बमध्वजले तेमालको सबैभन्दा ठूलो समस्या भनेको खानेपानी रहेको उनले स्पष्ट पारे । ‘तेमालको सबैभन्दा ठूलो समस्या खानेपानी हो । मैले चुनाबको बेला भनेको थिएँ कि बैशाख २५ गते याङबेल डाँडामा पानी झार्ने छु । तर भएन ।’ उनले भने, ‘अब मैले कार्तिक महिनासम्ममा याङबेल डाँडामा खानेपानी झार्नका लागि भनेको छु । र बाँकी काम अब एक वर्ष भित्र सम्पन्न गरेर तेमालको सबै घर–घरमा खनेपानी पुग्ने छ ।’

तामाङ संग्राहलय पनि प्राथकितामा
सांसद बमध्वजले तेमालमा तामाङ संग्राहलय निर्माणमा पनि प्राथमिकता दिएको बताए । उनले भने, ‘मेरो प्राथमिकता तेमालमा तामाङ संग्राहलय बनानेमा छ । यो काम यसपालीबाटै शुरु हुन्छ ।’
‘न्याय नपाए गोर्खा जानु’ भनेको जस्तो ‘तामाङ भाषा र संस्कृति हराएमा तेमाल जानु’ किमबन्ती रहेको स्पष्ट पार्दै अब तेमालमा ठाउँका तामाङहरुको सामूहिक संग्राहलय बनाउने बताए । विदेशका तामाङहरु समेत तेमालमा आएर हेर्ने बातावरण बनाउने उनको भनाई थियो ।

कार्यक्रममा कर्मा शेर्पाका छोरा लक्पा शेर्पा, समाजसेवी पासाङ डोल्मु लामा, ओम नेपालका अध्यक्ष खुशराज तामाङ, नेकपाका नेता वाङच्यु लामा लगायतले जन्मदिनको शुभकामना व्यक्त गर्दैै आभार समेत व्यक्त गरेका थिए । कार्यक्रममा ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रम ओम नेपालको आयोजनामा भएको थियो ।

















