काभ्रे । जिल्लाको रोशी गाउँपालिका अध्यक्ष डिवि लामाले नेपाली आफू सबैको प्रतिनिधि भएको नेपाली काँग्रेस त्यागेको बताएका छन् । तेमाल अनलाईन टीभी (Youtube Channel) सँग अन्तरवार्ता दिंदै अध्यक्ष लामाले गाउँपालिकाको पहिलो बैठकमै आफू काँग्रेसको मात्र प्रतिनिधि नभई सिंगो रोशी गाउँपालिकाको अध्यक्ष भएकोले काँग्रेस परित्याग गरेको घोषणा गरेको बताए ।
उहाँसँग लिएको अन्तर्वार्ता लौ हुर्नुहोस्ः
‘रोशी गाउँपालिकामा विपक्ष भन्ने छैन । पहिलो बैठकमै भनेको छु रोशी गाउँपालिकामा कुनै पार्टी छैन अब रोशी पार्टी मात्र बाँकी छ भनेको छ ।’ उनले भने, ‘मैले दुईचार जना काँग्रेस बढाएर देशको समस्या समाधान हुन्छ ? त्यसैले मैले नेपाली काँग्रेस त्यागीसकें ।’
जनतालाई करको हाउगुजी
जनतलाई करको हाउगुजी लगाएर हल्ला धेरै भएको उनले बताए । ‘जनतालाई करको हाउगुजी लगाईदिएको मात्र हो । हामीले जनताको स्तरभन्दा माथिबाट कर लागएका छैनौं ।’ अन्तर्वार्ताको क्रममा लामाले भने, ‘गाउँपालिका भित्र कुन–कुन उद्योगहरुले कर छलि गर्दैछ भन्ने कुरा अध्ययन गर्दैछु । अर्काले दान दिएको भरमा देश चल्छ त ?’
सबै वडा बीपी राजमार्गमा जोड्छौं
अन्तर्वार्ताको क्रममा लामाले रोशी गाउँपालिकको सबै वडाहरु विपी राजमार्गमा जोड्ने बताए ।
‘सबै वडालाई विपि राजमार्गसँग जोड्ने प्रयत्नमा छौं ।’ उनले भने, ‘यो काम शुरु भइसकेको छ ।’