काभ्रे । भुकम्पछिको पुन निमार्णमा सदाचार कार्यक्रम अन्र्तगत काभ्रे जिल्लामा पुन निमार्ण सम्बन्धि काम गरेका गैर सरकारी संस्थाहरु संगको छलफल कार्यक्रम हिजो बुधबार धुलिखेलमा सम्पन्न भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल काभ्रेको आयोजनामा आयोजित छलफलमा पुन निर्माण संग सम्वन्धित काम गर्ने एनजीओ, आइएनजीओ संस्थाहरुले आफुले गरेका कामको बारेमा प्रगति विवरण प्रस्तुत गर्नूका सार्थ पुन निर्माणको काम गर्दै गर्दा भएका कठिनाई, समस्या, चुनौतीका बारेमा समेत जानकारी प्रस्तुत गरेको थियो ।

त्यसैगरी पुन निर्माणमा काम नगरेका केही संस्थाहरुलाई सल्लाह सुझाव पनि दिएका थिए ।
कार्यक्रममा गैर सरकारी संस्था महांसंघका प्रतिनिधि, हेड नेटवर्कका संयोजक तथा प्रतिनिधि, विभिन्न क्षेत्रका गैर सरकारी संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत गंगा लामाले आर्थिक वर्ष ०७५।०७६ मा संस्थाले गर्ने कामको बारेमा जानकारी दिनुका साथै आगामी दिनमा गैर सरकारी संस्थाहरु संगको समनयात्मक भुमिकाको बारेमा समेत जानकारी दिएका थिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भुकम्प पछिको पुन निर्माणमा सदाचार कार्यक्रम विगत ३ वर्ष अघिदेखि आयोजना गर्दै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।