काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ५, कानपूर, डाँडागाउँका कलेजो पिडित भई निधन भएका स्व कर्ण बहादुर मोक्तानका परिवारलाई प्रवासबाट आर्थिक सहयोग गरेकाछन् ।
स्वर्गीय मोक्तानको परिवारलाई इराक कुर्दिस्तान र कोरियामा रहेका नेपालीहरुले जम्मा गरेको रकम विहिबार हस्तान्तरण गरेको हो ।
इराकबाट ३ लाख २८ हजार र्२ सय ७७ रुपियाँ र कोरियाबाट १ लाख १८ हजार ५ सय ५२ रुपियाँ उनको परिवारलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कर्ण बहादुर बचाउ समितिका सदस्यहरु, पत्रकार र स्थानीयहरुको रोहवरमा गरिएको थियो ।
उक्त रकम स्व. कर्ण बहादुरका टुहुरा छोरा र छोरीको शिक्षाको लागि प्रयोग गरिने गरी पठाएको जानकारी इराकका अभियन्ता जेपी मोक्तानले जानकारी दिए ।
इराकमा जेपी मोक्तानको सक्रियतामा रकम संकलन गरेको थियो । उक्त अभियानमा जेपी मोक्तान, दावा लामा, आईत लामा, च्याङबा लामा, रेशीका मोक्तान, बिनु घिसिङ, पासाङ डोल्मा लामा, निरमाया दोङ, पासाङ माया मोक्तान, सूर्यमाया लामा रहेकाछन् ।
त्यसैगरि कोरियामा छेटुप लामाको सक्रियतामा रकम संकलन भएको थियो ।
























