अग्ला गगन चुम्बी महलहरु नभएर मेरो देशमा,
दुःखी छैन म । खुसी हुनको लागी,
संसारको छाना सगरमाथा छदै छ नी ।
चिल्ला र मंहगा गाडीहरु नभएर मेरो देशमा,
दुःखी छैन म । खुसी हुनको लागी,
प्राकृतिक सुन्दरताको खानी छदै छ नी ।
तेल र खनिजको खानी नभएर मेरो देशमा
दुःखी छैन म । खुसी हुनको लागी,
प्यास मेटाउने पानीको भण्डार छदै छ नी ।
रोजगारी पाउन गारहो छ भनेर मेरो देशमा,
दुःखी छैन म । खुसी हुनको लागी,
पाखुरा खियाउन पाखा पखेरु छदै छ नी ।
त्यसैले
समस्याका पोकाहरु बोकेर बस्नुपर्दा मेरो देशमा
दुःखी छैन म । खुसी हुनको लागी,
दुःखमा साथ दिने संसारकै दयालु नेपाली आफन्त छदै छन् नी ।
खुसी हुनको लागी
दुःखमा साथ दिने संसारकै दयालु नेपाली आफन्त छदै छ नी ।
कक्षा ११
डिभाइन लाईट स्कुल काभ्रे
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।