काठमाडौं । साहित्यकार निरूभक्त वाइबाद्वारा लिखित ’ग्ले तगुर’ नामक नाटक कृति एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका समाजशास्त्री तथा मानवशास्त्री डा. मुक्तसिंह थोकरले उक्त कृतिको विमोचन गरेका हुन् ।
यस्तो छ सरुभक्तको नाटक ‘ग्ले तगुर’
लेखकले नाटक मार्फत् तामाङ चोहोको सामू उभ्याएको छ कथा सुनाएको छ । ग्ले तगुरको दरबार चिनाएको छ । दरबारका पात्रहरूसँग साक्षात्कार गराएको छ ।
तत्कालिकन समयमा पु¥याएर शिकार खेलेको दृश्य देखाएको छ । शाह वंशीय शासकहरूले उठाएको झगडालाई समेटेको छ । दरबारमा बसेको राजसभा र क्रियाकलाप प्रष्ट शब्दमा उतारेको छ ।
अन्ततः शाह वंशीय शासकसँग भएको विभत्स लडाईँको दृश्य पस्केको छ । त्यसपछि भत्किएको सेमजोङ र डप्जोङ दरबारलाई माकक कथि मिख्लीगङसम्म ल्याइपु¥याएको छ । नाटकमा दोजिया बुहारीद्वारा नाती राजकुमार जन्माएको हुन्छ । सुत्केरी र रानी सिलिक्मोका आँखाबाट वियोग र हर्षको संयुक्त आँशु बर्साएको छ ।
हेर्दा–हेर्दै नाती राजकुमार जवान हुन्छ । उसको पनि विवाह हुन्छ । नाती राजकुमारलाई तिनकी आमाले दरबारको दर्दनाक अन्त्यको कथा सुनाउँछ । नाती राजकुमारले आफ्नो भूमि फिर्ता लिने कसम खाएको छ । ताम्सालिङको लागि खुकुरी उठाएको छ । यसप्रकार नाटक पूरा हुन्छ । यो ऐतिहासिक घटनाक्रममा आधारित नाटक हो ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा. मुक्तसिंह थोकरले कृतिको शीर्षक नै ’ग्ले तगुर’ सँगै ‘म्हेसे चबा ग्याल्सा’ राखिएको प्रसङ्ग उठाएका छन् । थोकरले नाटक एक किसिमले गाई गोरुको प्रसङ्गसँग पनि जोडिन पुगेको बताएका छन् ।
‘अहिले पनि धेरै संख्यामा तामाङहरू गौबधको सजाय भोगिरहेका छन् । ऐतिहासिक तथ्यलाई हेर्दा सेमजोङका वाइबा राजा र शाहवंशका बीच भएको झगडाको जरिया पनि गौबध नै रहेको देखिन्छ ।’ डा. थोकरले भने, ‘सोही बेलादेखि नै तामाङले गौबधको मुद्दा खेप्तै आएको छ । यतिसम्म हुँदा पनि तामाङले गौमांस खान छोडेका छैनन् । जस्तै मुद्दा मामिला तथा अन्याय सहनु परेपनि यसरी गौमांस खान नछोड्नु सामान्य कुरा होइन ।’
कार्यक्रमका गन्बा मणि पाख्रिनका अनुसार वैदिक हिन्दूमा गाौमांस परम्परा कायम थियो । यो कृतिले पनि गोमांस प्रचलनलाई उठाएकोले कृति शक्तिशाली बनेको उनले बताए ।
कार्यक्रममा वाइबा वंश समाजको उपाध्यक्ष ज्ञानसिंह वाइबा, तामाङ पत्रकार संघको केन्द्रीय अध्यक्ष बिष्णु मोक्तान, तम्बा संघ नेपालको केन्द्रीय अध्यक्ष धावावाङ्गेल मोक्तान अथिति रहेका थिए । त्यस्तैगरी नेपाल तामाङ घेदुङ तम्बा विभागको अध्यक्ष पासाङदोर्जे मोक्तान, तामाङ स्रष्टा समाजको संरक्षक नेपालप्रसाद स्याङ्दन, नाङ्साल क्लब नेपालको महासचिव राम बी. लामा रहेका थिए ।
























