२३ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्य रुपमा सम्पन्न, विभिन्न कलाकारहरु सम्मानित

काठमाण्डौं । २३ औं तामाङ चलचित्र प्रदर्शन दिवस काठमाडौंमा भव्यरुपमा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । शुक्रबार तामाङ चलचित्र संघले शुभकामना आदान–प्रदान, विभिन्न कलाकारहरुलाई सम्मान र विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको हो ।

तामाङ चलचित्र निर्माण तथा प्रदर्शनको सवालमा २०५२ सालमा निर्मीत ‘सेम्री छोरङान’ लाई पहिलो चलचित्रको रुपमा लिने गरिन्छ । यहि चलचित्र निर्माण तथा प्रदर्शनको एतिहासीक घडीलाई तामाङ चलचित्र प्रदर्शन दिवस मनाउने चलान ल्याएको थियो ।

२३ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्य रुपमा सम्पन्न, विभिन्न कलाकारहरु सम्मानित

कार्यक्रममा संघले यस क्षेत्रसँग सम्बन्धित ७ जनालाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा नायक कुमार मोक्तान, नायिका सुकु मोक्तान, खलनायक विकु थोकर, निर्देशक अमिर दोङ रहेका छन् । साथै निर्मात्री मंगलीमाया स्याङतान्, संगीतकार विशाल काल्तान र चलचित्र पत्रकार जयनकुमार मोक्तान पनि सम्मानित भएका छन् ।

कलामार्फत तामाङ चलचित्र क्षेत्रको विकास र सामुदायिक जागरणमा उनीहरुले पुर्याएको महत्वपुर्ण योगदानलाई कदर गर्दै सम्मान गरेको संघका अध्यक्ष जेनिश लामाले तेमाल अनलाईनलाई बताए ।

आजसम्म १ सय ४० को हाराहारीमा तामाङ चलचित्र निर्माण भएको जानकारी दिंदै संघका अध्यक्ष लामाले चलचित्र मार्फत आफुरुहरुले समाज रुपान्तरणमा गरेको योगदान राज्यको आँखामा पुग्न नसक्नु दुखत रहेको बताए ।

‘हिजोसम्म थुप्रै चलचित्र, चलचित्र विकास वोर्ड तथा सेन्सरमा अभिलेखीकरण गराउन नसकेकै करण पनि राज्यले पत्याउन नसके हो ।’ अध्यक्ष लामाले भने, राज्यसँग नीतिगत संघर्षकै क्रममा खास समुदायको बाहुल्यता रहेका स्थानका हलहरुमा खास समुदायकै चलचित्र प्रदर्शनलाई स्थान दिनुपर्ने, केहि हदसम्म भएपनि राज्यबाट सेवा सुविधा लिन सक्ने अवस्था बनेको छ ।’

उनले तामाङ चलचित्र प्रदर्शन गर्न तथा संस्कृति प्रवद्र्धनका अन्य कामहरु गर्न तामाङ साँस्कृतिक भवनको आवश्यकता खड्कीएको बताउँदै तामाङ कलाकार संघसँगै पहलकदमी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

२३ औं तामाङ चलचित्र प्रदर्शन दिवस भव्य रुपमा सम्पन्न, विभिन्न कलाकारहरु सम्मानित

तामाङ चलचिञ संघमा लगातार दुई कार्यकाल अध्यक्ष रहेका लामाले तामाङ समुदाय भित्रनै सहकार्यको अवस्था नरहेको गुनासो गर्दै घेदुङले पनि आफूहरुलाई आजसम्म नसम्झेकाृ गुनासो गरे ।

तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईबाले पनि संस्कृति प्रवद्र्धनमा प्रभावकारी मानिएको चलचित्र र गीतसंगितलाई पस्किने थलो पाउन मुस्कील भएको भन्दै एउटा तामाङ साँस्कृतिक भवनको आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल आदीवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पनि तामाङहरुको छाता संस्था नेपाल तामाङ घेदुङले आफ्ना समुदायका लागि चालेका अभियानमा तामाङ चलचित्रलाई जोड्न नसकेकोमा दुख व्यक्त गरे ।

“सेम्री छोरङान” का निर्देशक जयनन्द लामाले २३ औं तामाङ चलचित्र प्रदर्शन दिवसको यो घडी तामाङ समुदायकै गर्वको कुरा रहेको बताउँदै यो छोटो समयमा पनि तामाङ चलचित्रकर्मीहरुले गरेका योगदान चानचुने नरहेको बताए । औपचारिक समारोहको समापनपछि तामाङ चलचित्र संघका साथै तामाङ कलाकार संघका कलाकारहरुले विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Comments

comments