नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा तामाङ साँस्कृतिक पुनर्जागरण तथा तामाङ सञ्ज्ञानीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङ, नमोबुद्ध नगर समितिको आयोजना तथा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष च्याङबा लामा दोङको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा नमोबुद्ध नगरपालिका वाड नं. ५ का वडा अध्यक्ष बुद्ध लामाले तामाङ समुदायको लागि आफूले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । त्यसैगरि ९ नं. वडा अध्यष मेलबहादुर तामाङले तामाङ समुदायलाई अघि बढाउन नेपाल तामाङ घेदुङले अग्रणी भूमिका खेल्नुपर्ने र यसको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबङले अग्रणी भूमिका खेल्नुपर्ने र यसको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ, संघीय कार्य समितिका सचिवालय सदस्य तथा भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमा थिङले प्रशिक्षण दिएका थिए । थिङले तामाङ समुदायको धार्मिक, साँस्कृति, भाषिक र साहित्यकोबारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक थिङले तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मको संस्कारकोबारेमा व्याख्या गर्दै तामाङ समुदाय पुनर्जागरण हुनुनपर्नेमा जोड दिए ।
त्यसैगरि नेपाल तामाङ विद्यार्थी घेदुङका पूर्व अध्यक्ष सिएस दोङ, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य डिलबहादुर थोकर (ग्याम्जो), जिल्ला अध्यक्ष फुर्साङ मोक्तान लगायतले कार्यक्रमको महत्वकोबारेमा चर्चा गरेका थिए ।

कार्यक्रम नमोबुद्ध नगर घेदुङका सचिव छेडुप लामाको सञ्चालन, अध्यक्ष सुनिता लामाखोरको अध्यक्षता सम्पन्न भएको थियो भने सदस्य सुस्मिता स्याङतानले स्वागत गरेका थिए । यस्ता कार्यक्रम जिल्ला, प्रदेश र केन्द्रले बनाउन सहभागीहरुले अनुरोध गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















