-प्रकाश तामाङ्
चितवन । जिल्लाको राप्ती नगरपालिका–७ मा नेपाल चेपाङ संघको ५ सदस्यीय कमिटी गठन भएको छ। कमिटीको अध्यक्षमा नेत्र बहादुर चेपाङ, उपाध्यक्ष डिल बहादुर चेपाङ, सचिब सरोज चेपाङ कोषअध्यक्ष हरि कला चेपाङ र सदस्यमा खेमराज चेपाङ रहेका छन ।

कार्यक्रम राप्ती ७ का वडा अध्यक्ष तथा प्रमुख अतिथि सावित्री डल्लकोटिद्वारा कार्यक्रमको ब्यानर पढी उद्घाटन गरेकी थिइन् । चेपाङ जातिका मानिसहरु शिक्षामा कमजोर भएकै कारण पछी परेको बताउदै शिक्षामा निरन्तर जोड दिए चेपाङ्को उत्थान हुने उनले बताइृन् । चेपाङ जातिको हकहित र उत्थानको लागि वडाबाट पुर्ण सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेकी थिइन् ।

यस्तै गरि कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल चेपाङ संघका जिल्ला सदस्य केशब चेपाङ्ले आफ्नो चेपाङ जातिको हक र अधिकारको लागि निरन्तर अघि बढीरहने र भाषा संस्कृतिलाई पनि संगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राप्ती नगर पालिका वडा नं ७ कि महिला सदस्य डील कुमारी पुनले सो वडाका चेपांग समुदायका जनता अन्य भेगको चेपांग भन्दा पनि पछाडी परेकोले सरोकारवाला र चेपांग समुदायका सामाजिक अभियन्ताहरुलाई आफ्नो जातिको हकहित र पहिचानको लागि कहिल्यै पनि पछि नहटन आग्रह गरिन् ।

त्यसैगरि आदिवासी जनजाति महास्रघ राप्ती नगरका उपाध्यक्ष इन्द्र्जीत चेपाङ, तामाङ्ग पत्रकार संघ चितवन जिल्ला शाखाका सचिव राजेश रुम्बा तामाङ्ग, समाज सेवी तथा बाघ देबी सामुदायिक बनका अधक्ष्य शुक मान गुरुङ, नेपाल चेपांग राप्ती नगर सदस्य दिनेश चेपाङ्ग लागाएतले मन्तब्य राखेका थिए ।

कार्यक्रम राप्ती नगर उपाध्यक्ष प्रेम बहादुर चेपाङले स्वागत मन्तब्य, नगर अधक्ष्य सफल चेपाङको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रम नगर सह सचिब चन्द्र मान चेपाङ्गले संचालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।