तरुणदलका नेताले गरे वडा कार्यालयलाई १६ लाख बराबरको जग्गा दान मकवानपुर । नेपाल तरुण दल, मकवानपुर जिल्ला समितिका उपाध्यक्ष रामकुमार रायमाझीले वडाकार्यालय निर्माणको लागि जग्गा दान गरेका छन् । उनले आफ्नो १६ लाख रुपैँया मूल्य पर्ने जग्गा ननहरी गाउँपालिका वडा नंं. १ का वडा कार्यालय भवन निर्माणका लागि दान गरेका हुन्। मनहरी गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि जग्गा खोजि भईरहेको अवस्थामा रायमाझीले सोही वडाको मकरीमा रहेको दुई कठ्ठा जग्गा  वडा कार्यालयलाई निशुल्क उपलव्ध गराउने घोषणा गरेका छन्। ‘जग्गा अभावमा वडा कार्यालयको भवन निर्माण हुन नसकेको जानकारी पाएपछि मैले जग्गा उपलव्ध गराएको हुँ’–उनले भने–‘मेरो स्वर्गीय दाजुको नाममा जग्गा दान गर्ने निर्णय गरेको छु।’  नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष समेत रहेका उनले उपलव्ध गराउने जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाउने वडा अध्यक्ष शिवप्रसाद खनालले बताए। ‘उपलव्ध जग्गा प्राप्तिको प्रक्रिया अघि बढाई, यहीँ भवन निर्माण गर्ने छौं।’ कार्यालय अभावमा सेवा प्रवाहलाई व्यवस्थित गर्न नसकेको बताउँदै उनले भवन निर्माणपछि सेवा प्रवाह व्यवस्थित ढंगले हुने उनले बताए।  भवन निर्माण गर्न जग्गा पहिचानका लागि समिति नै बनाएको अवस्थामा रायमाझीले जग्गा उपलव्ध गराएपछि भवन बन्ने निश्चित भएको समितिका संयोजक रघुनाथ अधिकारीले बताए। रायमाझीले वडा कार्यालयका लागि ६ मिटरको बाटोसहित २ कट्ठा जग्गा रायमाझीले वडालाई उपलब्ध गराउने भएका छन्।

मकवानपुर । नेपाल तरुण दल, मकवानपुर जिल्ला समितिका उपाध्यक्ष रामकुमार रायमाझीले वडाकार्यालय निर्माणको लागि जग्गा दान गरेका छन् । उनले आफ्नो १६ लाख रुपैँया मूल्य पर्ने जग्गा ननहरी गाउँपालिका वडा नंं. १ का वडा कार्यालय भवन निर्माणका लागि दान गरेका हुन्।

मनहरी गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि जग्गा खोजि भईरहेको अवस्थामा रायमाझीले सोही वडाको मकरीमा रहेको दुई कठ्ठा जग्गा  वडा कार्यालयलाई निशुल्क उपलव्ध गराउने घोषणा गरेका छन्। ‘जग्गा अभावमा वडा कार्यालयको भवन निर्माण हुन नसकेको जानकारी पाएपछि मैले जग्गा उपलव्ध गराएको हुँ’–उनले भने–‘मेरो स्वर्गीय दाजुको नाममा जग्गा दान गर्ने निर्णय गरेको छु।’

नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष समेत रहेका उनले उपलव्ध गराउने जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाउने वडा अध्यक्ष शिवप्रसाद खनालले बताए। ‘उपलव्ध जग्गा प्राप्तिको प्रक्रिया अघि बढाई, यहीँ भवन निर्माण गर्ने छौं।’ कार्यालय अभावमा सेवा प्रवाहलाई व्यवस्थित गर्न नसकेको बताउँदै उनले भवन निर्माणपछि सेवा प्रवाह व्यवस्थित ढंगले हुने उनले बताए।

भवन निर्माण गर्न जग्गा पहिचानका लागि समिति नै बनाएको अवस्थामा रायमाझीले जग्गा उपलव्ध गराएपछि भवन बन्ने निश्चित भएको समितिका संयोजक रघुनाथ अधिकारीले बताए। रायमाझीले वडा कार्यालयका लागि ६ मिटरको बाटोसहित २ कट्ठा जग्गा रायमाझीले वडालाई उपलब्ध गराउने भएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।