महाभारत । काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको सबै स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
महाभारत गाउँपालिका वडा नं. १ र २ मा हालै सूचारु भएपछि गाउँपालिकाको सबै स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर सूचारु भएको हो । स्वास्थ्यकर्मी हिरामाया घिसिङका अनुसार गाउँपालिकामा रहेको पाँच ओटै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको छ ।
स्वास्थ्यकमी घिसिङका अनुसार बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको महिनामै सेवाग्राहीले सुत्केरी सेवा लिन थालेका छन् । वर्थिङ सेन्टर सन्चालनमा आएपछि मातृ शिशु स्वास्थ्यमा थप टेवा पुग्ने घिसिङको भनाई रहेको छ । ‘सेवा सञ्चालनको पहिलो दिनमै सेवा दिन पाएकोमा अत्यन्त हर्षित छु ।’ घिसिङले भने ।
मातृशिशु स्वास्थ्य स्याहार जस्ता सम्वेदनशील कुराबाट अब महाभारत गाउँपालिकाका बासिन्दाले बञ्चित हुनु नपेर्ने महाभारत गाउँपालिकाका प्रवक्ता रविन मोक्तानले तेमाल अनलाईनलाई बताए ।