काभ्रे । बनेपाको चारदोबाटोमा होटल सञ्चालन गर्दै आएका रामशरण हुमागाईं किशोरी बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कारको अभियोगमा उनलार्य पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
धुलिखेल नगरपालिका–११ घर भई हाल बनेपा नगरपालिका–७ चारदोबाटोमा होटल सञ्चालन गर्दै आएका २४ वर्षका हुमागाईले आइतबार राति एक १७ बर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको इलाका प्रहरी कार्यायलय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजंग शााहले बताए ।
आरोपित हुमागाईलाई अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।
सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै गर्दा हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर जबर्जस्ती गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । प्रहरी निरिक्षक शााहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
















