लूटपाट गर्ने ५ जना पेस्तोल र गोली सहित पक्राउ

काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ मा रहेको छोईलिङ कुण्डलीङ गुम्बामा लूटपाट गर्ने ५ जना प्रहरीले आज (बुधबार) पक्राउ गरेको छ ।

हिजे (भदौ १९ गते) राती १२ बजेको समयमा सोही गुम्बाको पुजारी लामा खानीखोला वडा नं. ७ बस्ने वर्ष ८४ को तिलक लामालाई ५ जनाको टोलीले लूटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले तेमाल अनलाईनलाई जानकारी दिए ।

पक्राउ पर्नेहरुमा खानीखोला–७ बस्ने वर्ष २८ को अनिल घिसिङ, खानीखोला–२ बस्ने ३६ वर्षको रमेश थोकर, वर्ष २३ को जगतबहादुर गोले, पनौति नपा–८ बस्ने २२ वर्षको विकास बञ्जारा र निशान गोले रहेका छन् ।

राती १२ बजे लूटपाटमा गर्न आएका उनीहरु २ वटा मोटर साइकल (बा ५६ प ७०८३ र बा ६७ प ३७३३) मा आएका थिए । लूटेराहरुले पूजारील लामालाई बाँधी पेस्सतोल देखाई उक्त गुम्बामा रहेको १ ओटा शंख र रु ३ लाख ५० हजार लुटी फरार रहेका थिए । घट्ना सम्बन्धमा थप अनुसन्धान एवं उनीहरुको खोजतलासको लागि जिल्ला प्रहरीका कार्यालय, काभ्रेबाट प्रहरी निरिक्षक परशुराम घिमिरेको कमाण्डमा १० जनाको टोली परिचालन गरि ती व्यक्तिहरुलाई पक्राउ गरेको डिएसपी गिरिले बताए ।

गिरिका अनुसार उनीहरुको साथबाट १ थान पेस्तोल, २ राउन्ड गोली, १ थान म्यागजीन, पितलको कचौरा र नगर रु १७ सय बरामद गरेको छ । साथै लूटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।