पत्रकारीताको विकास क्रमसँगै आज अनलाईन पत्रकारीताको चरणमा हामी आईपुगेका छौं । प्रविधिको विकाससँगै अनलाईन पत्रकारिताको महत्व, आवश्यकता र गरिमा झनपछि झन् बढ्दै जानेकुरामा कसैको दुईमत नहोला ।
अनलाईन पत्रकारिता समग्र पत्रकारिता हो । यसको माध्यमबाट छापा, श्रव्य र रेडियो समेत एकै थलोबाट पाठकले सजिलै प्राप्त गर्न सकिन्छ । हात–हातमा, छिन–छिनको समाचार जनताको पहुँचमा पुग्न अब अनलाईन पत्रकारिता भरपर्दो माध्यम बनेको छ । नेपालको सन्दर्भमा यो अझ शुरुवातको समय हो ।
अनलाईन पत्रकारीताको विकाससँगै पाठकले यस प्रति गरेको विश्वास भने छिण हुँदै गइरहेको अनुभूति सबैलाई भइरहेकै छ । आफ्नो अनलाइनको ‘भ्युवर’ बढाउन शिर्षक अर्कै, समाचार अर्कै, फोटो अर्कै भिडियो अर्कै राखेर पत्रकारीताको सामान्य मुल्य मान्यता भन्दा पनि बाहिर बसेर अनलाईन न्यूज पोर्टल सञ्चालन गर्नेहरु हावी भएकोले अनलाईन पत्रकारीतामा विश्वासनीयतामा ठूलो दरार पैदा भएकै छ । मानविय संवेदनशीलतालाई समेत बेवास्ता गर्दै पत्रकारीताको सामान्य सिद्धान्तमा समेत नटेकी लेखेको समाचारहरुले सत्य, तथ्य र निश्पक्ष पत्रकारीता गर्नेहरुलाई समेत त्यही हिसावले पाठकले बुझ्न थालेको छ ।
तर तेमाल अनलाईन डटकमले समाचारको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्दै आएका छौं । हामी ‘फेक जर्नलिज्म’को सामान्य गन्ध समेत आउन दिने छैनौं । हामी ‘जनताबाट सिक्छौं र जनतालाई नै सिकाउने’ पत्रकारीताको पक्षमा छौं । ‘जनताबाट लिने जनतालाई नै दिने’ हाम्रो पत्रकारीताको आदर्श हो ।
पारदर्शी, शुशासन र मानव अधिकारको लागि हाम्रो कलम निरन्तर चल्ने छ । कोही कसैसँग व्यक्तिगत आग्रह, पूर्वाग्रह छैन । राख्ने पनि छैन ।
तर सरकारले अनलाईन पत्रकारीताको महत्वलाई बुझ्न आवश्यक छ । यसको नियमान गर्नुपर्छ । विभिन्न समयमा बनेको आचारसंहिता लागु गराउने दिशामा सरकार जान आवश्यक छ । ‘फेक जर्नलिज्म’को बाटोमा हिंड्ने अनलाईन मिडिया हाउस, त्यसमा संलग्न पत्रकार सबैलाई कानूनी दायरामा ल्याएर कार्वाही गर्नैपर्छ । साथै अनलाईन मिडियालाई सरकारको तर्फबाट कुनै पनि प्रकारको सुविधा नदिएको कारण चाँडै नै जसरी छापा मिडियालाई विज्ञापन उपलब्ध गराएर सहयोग गर्ने गरेको छ त्यसैगरि नै अनलाईन मिडियालाई पनि उपलब्ध गराउन आवश्यक छ । यो भन्दा पहिलो राज्यको स्पष्ट नीति निर्माण हुन आवश्यक छ ।
अन्तमा फेरि पनि हाम्रो टिमको प्रतिबद्धता यो छ कि हामी ‘फेक जर्नलिज्म’को विपक्षमा छौं । छोटो समयमा पनि तेमाल अनलाईन डटकम र तेमाल अनलाईन टिभी यूट्युब च्यानललाई माया गर्नुभएकोमा हार्दिक धन्यवाद । साथै तपाईको सल्लाह, सुझावको पनि हामी अपेक्षा गर्दछौं ।

Comments

comments